राम्रो काम गर्न आदेश कुरेर बस्नु पर्दैन– प्रधानसेनापति थापा « Khabarhub

राम्रो काम गर्न आदेश कुरेर बस्नु पर्दैन– प्रधानसेनापति थापा


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनको हित हुने काम गर्न कसैले पनि लिखित आदेश पर्खनु नपर्ने बताएका छन् ।

खोटाङको दिक्तेलस्थित बहादुर श्रीशेर गणको निरीक्षणका क्रममा प्रधानसेनापति थापाले राम्रो काम गर्न कसैको आदेश नचाहिने बताएका हुन् । उनले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न समेत सकल दर्जालाई निर्देशन दिए ।

उनले सेनालाई सक्षम र प्रभावकारी सङ्गठन बनाउने सन्दर्भमा जारी भएको ७ लक्ष्य र १ सय ५१ कार्यसहितको मार्गनिर्देशन कार्यान्वयन गर्ने विषयमा दायाँबायाँ नहुने बताए । सुरक्षा र विकास एकअर्काका पूरक भएकाले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अवधारणालाई मूर्तरूप दिन सेनाले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  १ : ५८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने