विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित « Khabarhub

विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो ।

नेपालकी इन्दु वर्माले ३२ र सरिता राना मगरले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रनको योगफल बनाएको थियो । थाइल्याण्डको जीतमा चानिदा सिथुरुवाङले सर्वाधिक ३५ रनको योगदान दिइन् भने नारुमोल चाइमाईले ३२, वाङ्पाका लिङ्प्रार्सटले २८ तथा नटया बोचाथाम १२ रन जोडे ।

बलिङतर्फ नेपालका नेरी थापा र कृष्णा कुँवरले दुई दुई विकेट झारे भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । राउण्ड रोविनका आधारमा हुने उक्त छनोट प्रतियोगिताका विजेताले आइसीसी महिला टी–ट्वण्टी विश्वकपको ग्लोबल छनोटमा पुग्ने मौका पाउनेछ । जारी खेलमा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो । यसअघि खेलको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  २ : १७ बजे

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही