भारतमा किसानको र्‍याली, हिँडेरै ८ दिनमा मुम्बइ पुग्ने « Khabarhub

भारतमा किसानको र्‍याली, हिँडेरै ८ दिनमा मुम्बइ पुग्ने


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ऋण मिनाहा, भूमि अधिकार, न्यूनतम सहायता मूल्य निर्धारण लगातयतका माग राख्दै भारतको महाराष्ट्रमा किसानहरुले ८ दिन लामो र्‍याली शुरु गरेका छन् । महाराष्ट्रको नासिकमा र्‍यालीका लागि भेला भएका दशौँ हजार किसान मुम्बईतर्फ अघि बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

माक्र्सवादी कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल भारतीय किसान सभाको आह्वानमा र्‍याली आयोजना गरिएको हो ।

बुधबार किसान र राज्य सरकारबीच भएको वार्ता अनिर्णित बनेपछि बिहीबारबाट र्‍याली शुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार यसअघि बुधबारबाट र्‍याली शुरु हुने भनिएपनि स्थानीय प्रशासनले र्‍यालीका लागि अनुमति नदिएको तथा सरकारसँग वार्ता गर्नुपर्ने भएकाले बिहीबारबाट मात्र र्‍याली शुरु भएको हो ।

तर, बुधबार अबेरसम्म राज्य सरकारका जलश्रोतमन्त्री गिरिश महाजनसँग भएको वार्तामा कुनै निष्कर्ष नसकेपछि स्थानीय प्रशासनको अनुमति बिनै प्रदर्शन गर्नु परेको अखिल भारतीय किसान सभाका अध्यक्ष अशोक धवालेले जनाएका छन् ।

यसअघि गत वर्षको मार्च महिनामा पनि महाराष्ट्रका किसानले यस्तै माग राखेप प्रदर्शन गरेका थिए । त्यतिबेला सरकार र किसानबीच सम्झौता भएपछि प्रदर्शन स्थगित गरिएको थियो ।

तर, सरकारले त्यसबेला गरेको सम्झौता अझै कार्यान्वयनमा नआएकाले प्रदर्शन गर्नुपरेको अखिल भारतीय किसान सभाले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  २ : ३६ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित