भारतमा किसानको र्‍याली, हिँडेरै ८ दिनमा मुम्बइ पुग्ने | Khabarhub Khabarhub

भारतमा किसानको र्‍याली, हिँडेरै ८ दिनमा मुम्बइ पुग्ने


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ऋण मिनाहा, भूमि अधिकार, न्यूनतम सहायता मूल्य निर्धारण लगातयतका माग राख्दै भारतको महाराष्ट्रमा किसानहरुले ८ दिन लामो र्‍याली शुरु गरेका छन् । महाराष्ट्रको नासिकमा र्‍यालीका लागि भेला भएका दशौँ हजार किसान मुम्बईतर्फ अघि बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

माक्र्सवादी कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल भारतीय किसान सभाको आह्वानमा र्‍याली आयोजना गरिएको हो ।

बुधबार किसान र राज्य सरकारबीच भएको वार्ता अनिर्णित बनेपछि बिहीबारबाट र्‍याली शुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार यसअघि बुधबारबाट र्‍याली शुरु हुने भनिएपनि स्थानीय प्रशासनले र्‍यालीका लागि अनुमति नदिएको तथा सरकारसँग वार्ता गर्नुपर्ने भएकाले बिहीबारबाट मात्र र्‍याली शुरु भएको हो ।

तर, बुधबार अबेरसम्म राज्य सरकारका जलश्रोतमन्त्री गिरिश महाजनसँग भएको वार्तामा कुनै निष्कर्ष नसकेपछि स्थानीय प्रशासनको अनुमति बिनै प्रदर्शन गर्नु परेको अखिल भारतीय किसान सभाका अध्यक्ष अशोक धवालेले जनाएका छन् ।

यसअघि गत वर्षको मार्च महिनामा पनि महाराष्ट्रका किसानले यस्तै माग राखेप प्रदर्शन गरेका थिए । त्यतिबेला सरकार र किसानबीच सम्झौता भएपछि प्रदर्शन स्थगित गरिएको थियो ।

तर, सरकारले त्यसबेला गरेको सम्झौता अझै कार्यान्वयनमा नआएकाले प्रदर्शन गर्नुपरेको अखिल भारतीय किसान सभाले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  २ : ३६ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा