साउदी अरबले ८ सय ५० भारतीय कैदी रिहा गर्दै « Khabarhub

साउदी अरबले ८ सय ५० भारतीय कैदी रिहा गर्दै


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरबले साउदीका विभिन्न जेलमा रहेको ८ सय ५० भारतीय कैदीलाई रिहा गर्ने भएको छ ।  हालै भारत भ्रमणमा पुगेका साउदी युवराज मोहम्मद बिन सलमानलाई आफ्ना मुलुकका कैदीलाई रिहा गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रह गरेसँगै साउदीले ८ सय ५० कैदीबन्दीलाई रिहा गर्ने भएको हो ।

प्रधानमन्त्री मोदीको आग्रह साउदी युवराज बिन सलमानले स्वीकार गरेको जनाइएको छ । भारतीय प्रधानमन्त्री मोदीको आग्रहमा युवराज मोहम्मद बिन सलमानले साउदी जेलमा रहेका ८ सय ५० भारतीय कैदीलाई रिहा गर्न निर्देशन दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ट्विटमार्फत् जनाएका हुन् ।

त्यसअघि गत सोमबार युवराज बिन सलमानले पाकिस्तान भ्रमणका क्रममा साउदी जेलमा रहेका २ हजार १ सय कैदीलाई रिहा गरिदिएका थिए । विदेशमा सजाय काटिरहेका भारतीय कैदीको सबैभन्दा ठूलो सङ्ख्या साउदी अरबमा छ ।

साउदी अरबमा करिब २ हजार ५ सय भारतीय कैदी रहेको बताइन्छ । साउदी अरबमा सजाय काटिरहेका भारतीयमध्ये अधिकांश हत्या, अपहरण, घुसखोरी र अन्य लागुऔषध तथा मदिराजन्य अपराधमा संलग्न छन् ।

साउदी अरबमा कार्यरत आप्रवासी कामदारको सबैभन्दा ठूलो सङ्ख्यामा भारतीयहरु छन् । त्यहाँ करिब २७ लाख भारतीय नागरिक विभिन्न क्षेत्रमा कार्यरत छन् । एशिया भ्रमणमा निस्केका युवराज बिन सलमान अहिले चीन भ्रमणमा छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ४ : ०० बजे

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको