एन्फा—२१ द्वारा भारतीय टोली त्रिपुरा ८–० गोल अन्तरले पराजित « Khabarhub

एन्फा—२१ द्वारा भारतीय टोली त्रिपुरा ८–० गोल अन्तरले पराजित


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– डा. टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाली युवा टोलीले भारतीय प्रादेशीक टोली त्रिपुरामाथी शानदार जीत हात पारेको छ ।

बिहीवार भारतको गुवाहाटीस्थित एलएनआईपीई रंगशालामा भएको खेलमा खेलमा एन्फा—२१ ले भारतीय टोली त्रिपुरामाथी ८–० को शानदा जीत हात पारेको हो । खेलमा अभिषेक रिजालले चार गोल गरे । उनले ५२, ६६, ६९ र ७८ मिनेटमा गोल गरे । त्यस्तै प्रिजेन तामाङले चौथो र खेलको ६७ मिनेटमा गोल गरेका थिए । खेलमा रिजिन सुव्बा र धिरज श्रेष्ठले एक एक गोल गरेका थिए । खेलमा अभिषेक रिजाल म्यान अफ दि म्याच घोषित भएका थिए ।

नेपालले तेस्रो खेल फ्रेब्रअरी २३ मा मनिपुरँग साई रंगशालामा खेल्नेछ भने चौथो खेल मिजोरमसँग एलएनआईपीई रंगशालामा र अन्तिम खेल नागाल्यान्डसँग २५ तारिखमा खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले ८ लाख भारतीय रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५ लाख पाउनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ४ : २६ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको