लागुऔषध सहित ४ जना पक्राउ « Khabarhub

लागुऔषध सहित ४ जना पक्राउ


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । विभिन्न सवारी साधन चेकजाँचका क्रममा उनीहरुलाई विहीबार लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुबाट काठमाण्डौ आउँदै गरेको लु. २ ख. ८६४० नम्बरको गाडी चेकजाँचका क्रममा कपिलवस्तुका मनोज बराइलीलाई नाईट्राभेट २७ ट्याबलेट सहित पक्राउ गरेको हो ।

यसैगरी धरानबाट काठमाडौं आउँदै गरेको ना‍.५ ख. ४६८९ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा सिराहाका प्रदीप कुमार चौधरी र सुनसरी ईनरूवाका विकास चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नाईट्राभेट १ सय ८० ट्याबलेट बरामद गरेको छ । त्यस्तै, बा.२ ख. २९४७ नम्बरको बस चेकजाँचका क्रममा लागुऔषधसहित मकवानपुर थाहा नगरपालिकाका राजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध चरेश ३ के.जी बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ५ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको