बलात्कार कसुरमा छ वर्ष कैद « Khabarhub

बलात्कार कसुरमा छ वर्ष कैद


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– हनुमाननगर कङ्कालिनी नगरपािलका–१ भारदहका एक व्यक्तिलाई बालिका बलात्कारको अभियोगमा छ वर्ष कैद सजायको फैसला सुनाइएको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलाशले १४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई सो कैदसहित रु ३० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको अदालतका कर्मचारी तीर्थ शर्माले बताए । उनका अनुसार अदालतमा आई झुठा बकसपत्र गरेको कसुरमा उजुरकर्ता एवं पीडितका बुबालाई समेत रु ५०० जरिवाना गरिएको छ ।

भैँसी चराउन जङ्गल जाने गरेकी बालिकालाई गत जेठ २१ गते र त्यसअघि पटक–पटक बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा जेठ २५ गते उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालयले आरोपीलाई गत जेठ २७ गते पक्राउ गरेको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपी पाण्डेय गत असार १९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ६ : १८ बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई