आन्दोलनरत डाक्टर र सरकारबीचको वार्ता असफल, सेवा ठप्प पार्ने चेतावनी « Khabarhub

आन्दोलनरत डाक्टर र सरकारबीचको वार्ता असफल, सेवा ठप्प पार्ने चेतावनी


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्दोलनरत सरकारी डाक्टर र सरकारबीच आज (विहीबार) भएको वार्ता असफल भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकबीच भएको वार्ता निष्कर्ष विहिन बनेको हो ।

सरकारी चिकित्सक संघ (गोदान) र नेपाल मेडिकल एसोसियसनका प्रतिनिधिसँग विहीबार दिउँसो स्वास्थ्य मन्त्रालयमा एकघण्टा वार्ता भएको थियो ।  सरकारसँग आफ्ना मागको विषयमा एकघण्टा छलफल भएपनि सहमति जुट्न भने नसकेको गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले खबरहबलाई बताए ।

‘हाम्रा मागको विषयमा आज स्वास्थ्य मन्त्रालयमा एक घण्टासम्म छलफल भएको थियो । छलफलमा स्वास्थ्यमन्त्री र स्वास्थ्यराज्यमन्त्री नै हुनुहुन्थ्यो तर उहाँहरुले हाम्रो माग सम्बोधन गर्ने विषयमा त्यति गम्भिर हुनुभएन ।,’ डा पाण्डेले खबरहबसँग भने, ‘हाम्रा मागप्रति सरकार गम्भिर देखिएन, स्वास्थ्यमन्त्री ज्युले पहल गर्छौं मात्रै भन्नुभयो, ठोस निर्णय लिनुभएन, त्यसैले हाम्रो आन्दोलन जारी रहन्छ ।’

कर्मचारी समायोजनमा सरकारी डाक्टरहरुको दरवन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै सरकारी चिकित्सकहरु आन्दोलनरत छन् ।

सरकारसँग भएको वार्ता पनि असफल भएपछि गोदानले पूर्व निर्धारित आन्दोलनका कार्यक्रम अनुसार भोलि (शुक्रबार) देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने बताएका छन् ।

सरकारी चिकित्सकले आफ्ना मागहरु सरकारले सम्बोधन नगरे देशभरका सरकारी चिकित्सकले सामुहिक राजिनामा दिने घाेषणा समेत गरेका छन् । त्यसका लागि गोदानले देशभरका सरकारी चिकित्सकको राजीनामापत्र संकलन समेत गरिरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ७ : १३ बजे

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी