हार्दा पनि रोनाल्डोको दम्भ : मैले ५ पटक च्याम्पियन्स लिग जितेको छु « Khabarhub

हार्दा पनि रोनाल्डोको दम्भ : मैले ५ पटक च्याम्पियन्स लिग जितेको छु


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूइएफए च्याम्पियन्स लिगको अन्तर्गत बुधबार राति एट्लेटिको मड्रिडसँग युभेन्टस पराजित भएपछि स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आक्रोशित बने । उनले हार स्वीकार्नुको सट्टा आफूले पाँच पटक च्याम्पियन्स लिग जितेको प्रतिक्रिया दिए ।

बुधबार मड्रिडको वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा युभेन्टस एट्लेटिको मड्रिडसँग २–० गोल अन्तरले पराजित भएको थियो । हारपछि आक्रोशित बनेका युभेन्टसका स्टार स्ट्राइकर रोनाल्डोले करियरमा आफूले जिते जति च्याम्पियन्स लिगको उपाधि एट्लेटिको मड्रिडले जित्न नसकेको प्रतिक्रिया दिएका थिए ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा रोनाल्डोले आफूले करिअरमा ५ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको तर, एट्लेटिको मड्रिडले एक पटक पनि च्याम्पियन्स लिगको उपाधि जित्न नसकेको सङ्केत गरे ।

पत्रकार सम्मेलनका क्रममा उनले आफूले ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेको सङ्केत गर्दै ५ औँला देखाएका थिए । त्यसपछि एट्लेटिकोले हालसम्म एउटा पनि च्याम्पियन्स लिग जित्न नसकेको सङ्केत गर्दै उनले शुन्य अंकको इशारा दिएका थिए । क्रिस्टियानो रोनाल्डोले इङ्लिस क्लब म्यान्चेष्टर युनाइटेडबाट एक तथा स्पेनिश क्लब रियल मड्रिडबाट ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

म्यान्चेष्टर युनाइटेडबाट उनले सन् २००७–०८ सिजनको च्याम्पिन्स लिगको उपाधि जितेका थिए । त्यस्तै उनले रियल मड्रिडबाट सन् २०१३–१४, २०१५–१६, २०१६–१७ र २०१७–१८ को सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

यता १ सय १५ वर्ष अगाडि स्थापना भएको एट्लेटिको मड्रिडले हालसम्म कुनै पनि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । एट्लेटिको मड्रिड सन् १९७४, २०१४ र २०१६ मा च्याम्पियन्स लिगमा उपविजेतामा सिमित बनेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : ५९ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई