डीपीएल : रुपन्देहीलाई हराउँदै महेन्द्रनगर क्वालिफायर्स « Khabarhub

डीपीएल : रुपन्देहीलाई हराउँदै महेन्द्रनगर क्वालिफायर्स


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– महेन्द्रनगर युनाइटेड धनगढीमा जारी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको क्वालिफायर्समा प्रवेश गरेको छ ।

शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर विहीबार भएको प्रतिस्पर्धामा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै क्वालिफायर्समा पुगेको हो । महेन्द्रनगरले वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेञ्जर्सलाई एक रनले हराएको हो । अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफायर्समा काठमाडौँ गोल्डेन्सको सामना गर्नेछ ।

शुक्रबार हुने खेलको विजेताले शनिबार हुने फाइनलमा सिवाइसी अत्तरियाको सामना गर्नेछ । पराजयसँगै रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर ११५ रन बनाएको थियो । खराब शुरुआत गरेको महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले अविजित २९ रन जोडे । शरदले सातौँ विकेटका लागि अमर सिंह रौटेलासंँग मिलेर ४९ रनको साझेदारी गर्न सफल भए । अमर १९ रनमा आउट भए ।

यस्तै आनन्द सुब्रमन्युले २० रन जोड्दा मोहमद नाभिदले १८ रन बनाए । अविनाश बोहोरा र आरिफ शेख ११÷११ रनमा आउट भए । रुपन्देहीका ललित भण्डारी एक्लैले चार विकेट लिए । यस्तै पुनित मेहेराले तीन तथा कप्तान वसन्त रेग्मीले एक विकेट लिए । महेन्द्रनगरले दिएको ११६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देहीले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो ।

माञ्चक बनेको खेलमा अन्तिम ओभरमा रुपन्देहीलाई जीतका लागि पाँच रनको आवश्यकता रहेको थियो । तर महेन्द्रनगरका अविनाश बोहोराले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै टोलीलाई जीत दिलाए । अविनाशले अन्तिम ओभरमा एक रन दिएर तीन विकेट लिए ।

रुपन्देहीका लागि प्रदीप सिंह ऐरी र बाबर हायतले समान २८/२८ रन जोडे पनि टोलीलाई जीत दिलाउन सकेनन् । यस्तै विनोद भण्डारी २३ रनमा आउट हुँदा सन्दीप सुनार १४ रनमा आउट भए । सुमित महर्जन १० रनमा आउट भए । महेन्द्रनगरका अविनाश बोहराले दुई विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र सिद्धान्त लोहनीले एक–एक विकेट लिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ७ : २८ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर