‘पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढ्ने’ « Khabarhub

‘पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढ्ने’


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुने क्रम जारी रहेको जनाएको छ । सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले हाललाई पेट्रोलियम पदार्थको साबिककै बिक्री मूल्यलाई यथावत् राखेको जनाएको छ ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेलको मूल्य रु ९७ छ ।  इण्डियन आयल कर्पोरेसनले गत माघ २ देखि यही फागुन ४ गतेसम्मका लागि पठाएको मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ६३ पैसा र डिजलमा ६ रुपैयाँ ५७ पैसा मूल्य वृद्धि भएको भए तापनि सो अवधिमा निगमले पेट्रोल र डिजल दुवैमा प्रतिलिटर रु दुई मात्रै मूल्यवृद्धि गरेको जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ९ : १४ बजे

भारत भ्रमणअघि आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै

काठमाडौँ – भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक

कैलाली : अन्तरपालिका टी-२० क्रिकेटको उपाधि गोदावरीलाई

धनगढी – कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा जेठ ७ गतेदेखि

किशोरकुमारको बायोपिकबाट अलग्गिँदै रणवीर कपूर

मुम्बई – हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा

धनगढी – आन्दोलित कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले सामूहिक राजीनामा बुझाएका

बैतडीमा बेहोस फेला परेका एक जनाको निधन

धनगढी – होटेलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको