अपराध नियन्त्रणका लागि कार्ययोजना « Khabarhub

अपराध नियन्त्रणका लागि कार्ययोजना


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व लक्षित अपराध नियन्त्रण कार्ययोजना शुक्रबार सार्वजनिक गरेको छ ।

आउँदै गरेको दशैँ, तिहार र छठपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न २० बुँदे कार्ययोजा सार्वजनिक गरेको हो ।

नागरिकको जीउधनको सुरक्षा तथा शान्तिपूर्ण वातावरण कायम राख्न विशेष सुरक्षासहितको योजना बनाइएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनका अनुसार चाडपर्व लक्षित आपराधिक घटनालाई नियन्त्रण गर्न २४ सै घण्टा प्रहरी परिचालन गरिने योजना निर्माण गरिएको बताइएको छ ।

प्रहरीले सार्वजनिक गरेको कार्ययोजनामा सबै प्रहरी एकाइबाट नियमित गस्ती, निगरानी तथा जिल्लामा आउजाउ हुने नाकामा प्रहरी टोली तैनाथ गरिने भएको छ ।

त्यस्तै सम्भावित भीडभाड हुने स्थानमा सादा पोशाकमा प्रहरी टोली खटाइ नागरिकलाई शान्तिपूर्ण वातावरणको प्रत्याभूति गराउने योजना रहेको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ ।

प्रहरी कार्यालयले चाडपर्वको अवधिभर नागरिकको सुरक्षाका लागि प्रहरी कार्यालय र मातहतबाट ३४५ प्रहरी परिचालन गरिने जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत सुरक्षा गार्डसँग समन्वय गरी सुरक्षा व्यवस्थामा कडाइ र सार्वजनिक यातायातका साधनमा हुने ठगी, चोरी एवं लुटपाट नियन्त्रणका लागि प्रहरी परिचालन गरिने कार्ययोजनामा बताइएको छ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : २३ बजे

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर