अमेरिकाले साउदीमा सेना पठाउने « Khabarhub

अमेरिकाले साउदीमा सेना पठाउने


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरेबियाका २ ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भएपछि अमेरिकाले सेना पठाउने योजना बनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा पत्रकार सम्मेलन गर्दै रक्षामन्त्री डा। मार्क टी स्पेर र अमेरिकी सेनापति जोइ डनफोर्डले राष्ट्रपति ट्रम्पको आदेशपछि इरानको घातक गतिबिधि रोक्न साउदी अरेबियामा सेना तैनाथ गर्न लागिएको जानकारी गराएका हुन।

अमेरिकी सेनालाई कहिले देखि र कतिको संख्यामा पठाउने भन्ने बारे खुलाइएको छैन ।

इरानको समर्थन पाएको यमनको हुथी बिद्रोहीले साउदीको तेल प्रशोधन केन्द्रमा गरेको हमलाको जिम्मा लिएपछि अमेरिकाले साउदीको सुरक्षाका लागि योजना बनाएको हो ।

साउदी अरेबिया र अमेरिकाले तेल प्रशोधन केन्द्रको आक्रमण हुथी बिद्रोहीको नभइ इरानको भएको दाबी गरेपनि इरानले दुई देशको दावी अस्वीकार गर्दै आएको छ ।

साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको संयुक्त आग्रहमा अमेरिकाले सेना पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको भनाई छ। अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा गएको शनिबार १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ ।

आक्रमण पश्चात साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : १७ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल