यी कारणले पनि हुन सक्छ पति पत्नीबीच झगडा | Khabarhub Khabarhub

यी कारणले पनि हुन सक्छ पति पत्नीबीच झगडा


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पति पत्नीबीच उत्पन्न हुने तनावका कारण धेरैको वैवाहिक जीवन समस्यामा परेको हुन्छ । त्यसैले पति पत्नीबीचको सम्बन्धलाई राम्रो बनाइ राख्न धेरै कुरामा गम्भीर बन्नुपर्ने हुन्छ ।

कुनै पनि विषयमा छलफल गरेर अघि बढ्दा पति पत्नीबीचको समस्या समाधान गर्न सकिन्छ ।

पति पत्नीको सम्बन्ध सुखद् र शान्तिपूर्ण बनाउनका लागि दुबै जनाबीचको तालमेल आवश्यक हुन्छ ।

वास्तुशास्त्र अनुसार घरमा भएको दोषका कारण पति पत्नीबीचको सम्बन्धमा समस्या आउन सक्छ । वास्तुका अनुसार घरको दोषका कारण सन्तान सुख प्राप्तिमा पनि असर पर्न सक्छ ।

त्यसकारण केही वास्तु टिप्स बारे जानकार हुन आवश्यक छ ।

यदी सन्तान प्राप्तिमा ढिलाई भइरहेको छ भने पति पत्नीले सन्तान प्राप्तिका लागि उत्तर पश्चिम दिशा या उत्तर दिशामा सुत्नु पर्छ । यो दिशामा सुत्नेकोठा बनाएको खण्डमा प्रेम बढ्नुका साथै चाडै सन्तान सुख प्राप्ति हुन्छ ।

यदी एकै खाटमा दुई फरक फरक डस्नाको प्रयोग भएको छ भने पनि पति पत्नीबीचमा मतभेद उत्पन्न हुन सक्छ । त्यसैले एक खाटमा एउटै डस्ना वा गद्दाको प्रायोग गर्नुहोस् ।

पति पत्नीको सम्बन्ध र सन्तान सुखका लागि कहिले पनि घरको बिम(ढलानको बिम)को ठिक तल सुत्नु हुँदैन ।

पति पत्नीबीच विवाद भइरहे शनिवारको दिन घरमा गहुँ पिस्नुहोस् । त्यस समय गहुँमा कालो चना पनि मिसाउनु होला ।

पति पत्नीबीचको सम्बन्ध सुमधुर बनाउनका लागि शयन कक्षको भित्तामा राधा कृष्ण तथा फूलेको गुलाव या हासिरहेको बच्चाको तस्वीर टाँस्दा फाइदा पुग्छ ।

पति पत्नी सुत्ने कक्षमा ड्रेसिङ टेबल राख्नु बास्तुशास्त्रका अनुसार गलत हुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  २ : २४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार