द्रुतमार्ग क्षेत्रमा काटिएका रुखको बदलामा रोपिए बिरुवा « Khabarhub

द्रुतमार्ग क्षेत्रमा काटिएका रुखको बदलामा रोपिए बिरुवा


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले काठमाडौँ तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका क्रममा काटिएका रुखका बदलामा बाराको कोल्हवी नगरपालिकामा बृहत् वृक्षारोपण गरेको छ ।

संविधान दिवसको अवसर पारेर शनिबार शान्ति टोलको पाँच हेक्टर जग्गामा गरिएको वृक्षारोपणमा टिक, सिमल, शिरिष तथा जामुन जातका बिरुवा रोपिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायका जनप्रतिनिधि, नेपाली सेनाका सकलदर्जा, सुरक्षा निकायका प्रमुख, सम्बन्धित सरोकारवाला निकायका पदाधिकारी उक्त वृक्षरोणमा सहभागी थिए ।

उक्त स्थानमा उम्रिएका साललगायतका बिरुवा र नयाँ रोपिएका बिरुवालाई तारबार गरी संरक्षण गर्ने कार्यसमेत भएको सेनाले जनाएको छ । वन तथा भू–संरक्षण विभाग र द्रुतमार्ग आयोजनाबीचको समझदारीअनुरुप द्रुतमार्ग निर्माणका क्रममा हालसम्म हटाइएका १७ हजार ९५४ र पछि कटान गर्नुपर्ने रुखको सट्टामा छ लाखको सङ्ख्यामा बिरुवा रोपिनेछ ।

वैशाखदेखि बाराको निजगढ तथा मकवानपुरको राजदमार इलाकामा आफ्नै नर्सरी स्थापना गरी जमिन सुहाउँदो र छिटो हुर्कने प्रजातिका एक लाख ५० हजार बिरुवा उत्पादन गरिसकेको छ । निजगढ र कोल्हवी नगरपालिकामा रहेका सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको पहिचान गरिएको १८८ हेक्टर खाली जग्गाको सर्भेगरि वृक्षरोपण गरिने पनि नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ४ : २५ बजे

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना