नेपाली उत्पादनलाई प्रवर्धन गर्नुपर्छ– देउवा « Khabarhub

नेपाली उत्पादनलाई प्रवर्धन गर्नुपर्छ– देउवा


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पो अवलोकन गरेका छन् ।

नेपाली उत्पादन प्रवर्धन गर्ने उद्देश्यले नेपाल धागो उत्पादक सङ्घले आयोजना गरेको पाँचदिने प्रदर्शनी अवलोकन गरी उनले केही उत्पादनसमेत खरीद गरे ।

सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रियामा नेता देउवाले नेपाली उत्पादनलाई प्रवर्धन गरिनुपर्नेमा जोड दिए ।

अवलोकनमा सांसदहरु पुष्पा भुसाल र दिव्यमणि राजभण्डारी पनि सहभागी थिए ।

धागो उत्पादक सङ्घका अध्यक्ष पवन गोल्यानले उनलाई नेपाली धागो र कपडा उद्योगका विषयमा जानकारी गराएका थियो । धागोमा नेपाल आत्मनिर्भर भए पनि कपडा अझै आयात गर्न बाध्य हुनु परेको उनले सुनाए ।

हाल मागको १५ प्रतिशत कपडा मात्र नेपालमा उत्पादनमा हुन्छ । पचासी प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको धागो उत्पादक सङ्घले जनाएको छ । धागो भने वार्षिक रु ११ अर्बको निर्यात हुने गरेको छ ।

विद्युत् र बैंक ब्याजदरमा सहुलियत दिए कपडामा पनि आत्मनिर्भर बन्न सकिने व्यवसायीको भनाइ छ । चोरी पैठारी र न्यून बिजकीकरणको समस्याले पनि नेपाली कपडा उद्योगलाई असर गरेको छ ।

यसलाई रोक्न पनि व्यवसायीले सरकारसँग माग गरेका छन् । भोलि आइतबारसम्म चल्ने प्रदर्शनीमा दर्शकको उल्लेख्य उपस्थिति छ । नेपालीको महान् बडादशैँ तथा शुभ दीपावलीको पूर्वसन्ध्यामा प्रदर्शनी आयोजना गरिएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ४ : ३६ बजे

कञ्चनपुरको मणिकाधाममा विद्युत् सेवा विस्तार

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा

रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण

रौतहट– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा

पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपरासी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी