पत्थरीको अप्रेसनका लागि अस्पताल पुगेकी गुरूङको मृत्यु भएपछि ओम अस्पतालमा तनाव « Khabarhub

पत्थरीको अप्रेसनका लागि अस्पताल पुगेकी गुरूङको मृत्यु भएपछि ओम अस्पतालमा तनाव


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गरेकी एक महिलाको मृत्यु भएको छ ।

धादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता गुरूङको मृत्यु भएको हो ।

शुक्रवार(हिजो) दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले आज बिहान पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए ।

शल्यक्रियापछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा वित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तले बताए ।

शल्यक्रिया पछि स्वास्थ्य भएको विरामीको मृत्युु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले गुरूङको मृत्यु भएको आरोप लगाएका छन् ।

अस्पतालले भने बिरामीको मृत्यु अप्रेसनमा भएको लापरवाहीले नभइ हर्ट अट्याकका कारण भएको दाबी गरेका छन् ।

पत्थरीको सफल शल्यक्रिया भएको बताएका चिकित्सकले केही मुटु चल्न छाडेका कारण गुरुङको मृत्यु भएको जनाएपछि मृतका आफन्त आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसन सफल भएपनि गुरुङको ज्यान गएको आरोप लगाएका छन् ।

ओम अस्पतालमा केही महिना अघि पनि पत्थरी को शल्यक्रिया को क्रममा सिन्धुपाल्चोकी एक महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ५ : ३८ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि