राजनीतिक सहमतिसँगै मध्यपुरथिमि नगरपालिकाको बजेट पारित « Khabarhub

राजनीतिक सहमतिसँगै मध्यपुरथिमि नगरपालिकाको बजेट पारित


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राजनीतिक विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभाले अन्ततः राजनीतिक सहमति जुटाउँदै बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

नगरपालिकका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्रमा शनिबार सम्पन्न तेस्रो नगरसभाले रु एक अर्ब ६२ करोड ९५ लाखको बजेट पारित गरेको जानकारी दिए ।

असार ११ गतेभित्र सम्पन्न भइसक्नुपर्ने नगरसभामा दुईपटक आह्वान गरे पनि राजनीतिक दलहरुको विवाद र खिचातानीले रोकिएको थियो । नगरप्रमुख मदन सुन्दर श्रेष्ठ र उपप्रमुख मधिकर्मीसहित दुईतिहाइ बहुमत वडाध्यक्षसहितको जनप्रतिनिधि र नगर कार्यपालिकाका सदस्यबीचको विवादका कारण नगरसभा आह्वान भए पनि पूर्णता पाउन सकेको थिएन ।

पहिलो नगरसभामा नेकपा र नेपाली काङ्ग्रेस पक्षका जनप्रतिनिधिबीच समझदारी नबनेपछि नगरप्रमुख श्रेष्ठले स्थगित गरेको नगरसभालाई उपप्रमुख मधिकर्मीले नेतृत्व लिँदै नीति तथा कार्यक्रम पारित गरे पनि त्यसलाई मान्यता दिन नमिल्ने भन्दै थप विवाद भएको थियो ।

त्यसपछि पुनः अर्को नगरसभा आह्वान गरे पनि उद्घाटनपछि बन्दसत्रमा विवाद भएकाले पुनः स्थगित गरिएको नगरसभा बैठक दुई दलका नेता र जनप्रतिनिधिबीच सहमति भएपछि जनप्रतिनिधि मात्रै सहभागी भएर बजेट तथा नीति कार्यक्रम पारित गरेको बताइएको छ ।

दशैँमा पनि तलब खान नपाइने डरले बसेको जनप्रतिनिधि र कर्मचारीले तलबसँगै अब विकासका काम पनि फुकेको कर्मचारीले बताएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : २३ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि