कास्कीबाट चुनाव नलड्ने वामदेवको घोषणा | Khabarhub Khabarhub

कास्कीबाट चुनाव नलड्ने वामदेवको घोषणा


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आगामी मंसिरमा हुने उपनिर्वाचनमा कास्की–२ बाट चुनाव नलड्ने घोषणा गरेका छन् ।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा उनले कास्की जिल्लाको रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी नदिने जानकारी गराएका हुन् ।

सचिवालय बैठकमा आफूले पोखराबाट चुनाव नलड्ने जानकारी गराएको भन्दै गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा स्पष्ट पारेका छन् ।

यसअघि नेकपाले कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा गौतमलाई उम्मेदवार बनाउने चर्चा चलेको थियो । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

रिक्त रहेको उक्त स्थानमा गौतमलाई उम्मेदवार बनाउने चर्चा भइरहेको अवस्थामा उनले चुनाव नलड्ने घोषणा गर्दै कास्कीकै स्थानीय उम्मेदवार बनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ४५ बजे

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने