कास्कीबाट चुनाव नलड्ने वामदेवको घोषणा « Khabarhub

कास्कीबाट चुनाव नलड्ने वामदेवको घोषणा


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आगामी मंसिरमा हुने उपनिर्वाचनमा कास्की–२ बाट चुनाव नलड्ने घोषणा गरेका छन् ।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा उनले कास्की जिल्लाको रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी नदिने जानकारी गराएका हुन् ।

सचिवालय बैठकमा आफूले पोखराबाट चुनाव नलड्ने जानकारी गराएको भन्दै गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा स्पष्ट पारेका छन् ।

यसअघि नेकपाले कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा गौतमलाई उम्मेदवार बनाउने चर्चा चलेको थियो । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

रिक्त रहेको उक्त स्थानमा गौतमलाई उम्मेदवार बनाउने चर्चा भइरहेको अवस्थामा उनले चुनाव नलड्ने घोषणा गर्दै कास्कीकै स्थानीय उम्मेदवार बनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ४५ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी