अबदेखि टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने « Khabarhub

अबदेखि टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी दिनमा टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने भएको छ ।

लामो समय फोहर थुपारेर राख्दा वातावरण प्रदूषणको समस्या उत्पन्न भएपछि काठमाडौँ महानगरपालिकाले केही समयका लागि फोहर राखे पनि यसअघिजस्तो लामो समय फोहर नराख्ने जनाएको छ ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले अबदेखि ट्रान्सफर स्टेशनमा फोहर जम्मा गरेर नराख्न र सोहीअनुरुप काम गर्न कर्मचारीलाई आग्रह गरे ।

विगतका समयमा काठमाडौँ शहरका सडक र गल्ली–गल्लीका फोहर महीनौँसम्म ट्रान्सफर स्टेशनमा राख्ने गरिएको थियो । सङ्कलित फोहरलाई ठूला सवारी साधनबाट नुवाकोटस्थित ल्याण्डफिल साइटमा व्यवस्थापन गर्दै आएको थियो ।

कामपाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले प्राविधिक समस्या मिलाउनुपर्‍यो भने एक दिनसम्म राख्न सकिने बताए । त्योभन्दा बढी ट्रान्सफर स्टेशनमा फोहर नबस्ने उनको भनाइ थियो ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहर व्यवस्थापनमा प्रयोग हुने सवारी र फोहर राख्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैँचा बनाएर फोहरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै