अघिल्लो वर्षभन्दा चाँडै यसकारण बढ्यो जाडो « Khabarhub

अघिल्लो वर्षभन्दा चाँडै यसकारण बढ्यो जाडो


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्ष गत वर्षको तुलनामा चाडै जाडो बढेको जनाएको छ ।

केही दिन यता काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेकोे महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसउार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो । धुवाँधुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले चिसो चाँडै बढेको महाशाखाले जनाएको छ । अघिल्लो वर्ष ३ कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहेकामा यसपटक १४ डिग्रीमा झरेको छ ।

महाशाखाका अनुसार ‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको छ । तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुन थालेको छ ।

काठमाडौं उपत्यकामा मात्र नभएर तराईका जिल्लामा समेत जाडो केही दिनमा बढ्ने महाशाखाको पूर्वानुमान छ । तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलो लाग्ने संकेत देखिएको छ ।

नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम तापक्रम घट्ने क्रममा रहेको महाशाखाले जनाएको छ । महाशाखाले महाशाखाले पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ८ : ४४ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर