खोइ पूजाको क्रेज? « Khabarhub

खोइ पूजाको क्रेज?


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री पूजा शर्माका फ्यानहरु उनको फिल्म रिलिजका बेला बढी सक्रिय रहने गर्छन् । यसअघि प्रदीप खड्कासँग फिल्म ‘प्रेम गीत’ का समयमा होस्, या त ‘म यस्तो गीत गाउँछु’ को बेलामा होस्, पूजाको राम्रै चर्चा हुने गर्थ्यो । पल र प्रदीप दुवै पूजालाई फापेका थिए । यीसँग पूजाको केमेस्ट्री मिलेकाले फ्यानले पनि साथ दिएका थिए ।

गत वर्ष रिलिज भएको फिल्म ‘रामकहानी’ मा पूजाले आकाश श्रेष्ठसँग जोडी बाँधिन् । यो फिल्मले पनि राम्रै चर्चा पायो । भलै फिल्मले व्यापारिक रुपमा भने सफलता हासिल गर्न सकेन ।

यतिबेला पूजा र आकाशको जोडी पुनः दोहोरिँदै छ । तर, यी दुईको जोडीलाई दर्शकले खासै चासोका साथ हेरेका छैनन् । फिल्मको खासै चर्चा छैन । यसअघि खुबै आक्रामक हुने पूजाका फ्यान पनि यसपटक मौन छन् ।

रिलिजको मुखमा हुँदा पूजाको क्रेज नदेखिँदा फिल्म फ्लप हुने हो कि भन्ने भय निर्माण टिममा देखिएको छ । त्यसो त यो फिल्ममा पूजा र आकाशबाहेक अन्य स्टार कलाकार पनि छन् । तर, ती कलाकारको पनि कुनै चर्चा छैन ।

अरु बेला क्रेज नदेखिए पनि फिल्म रिलिजका बेला विवादमै आएर पनि चर्चामा रहने पूजाको चर्चा किन यसपटक किन नभएको होला त? कि पूजा र आकाशको स्किन नफापेको हो ?

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ११ : ३८ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार