खोइ पूजाको क्रेज? « Khabarhub

खोइ पूजाको क्रेज?


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री पूजा शर्माका फ्यानहरु उनको फिल्म रिलिजका बेला बढी सक्रिय रहने गर्छन् । यसअघि प्रदीप खड्कासँग फिल्म ‘प्रेम गीत’ का समयमा होस्, या त ‘म यस्तो गीत गाउँछु’ को बेलामा होस्, पूजाको राम्रै चर्चा हुने गर्थ्यो । पल र प्रदीप दुवै पूजालाई फापेका थिए । यीसँग पूजाको केमेस्ट्री मिलेकाले फ्यानले पनि साथ दिएका थिए ।

गत वर्ष रिलिज भएको फिल्म ‘रामकहानी’ मा पूजाले आकाश श्रेष्ठसँग जोडी बाँधिन् । यो फिल्मले पनि राम्रै चर्चा पायो । भलै फिल्मले व्यापारिक रुपमा भने सफलता हासिल गर्न सकेन ।

यतिबेला पूजा र आकाशको जोडी पुनः दोहोरिँदै छ । तर, यी दुईको जोडीलाई दर्शकले खासै चासोका साथ हेरेका छैनन् । फिल्मको खासै चर्चा छैन । यसअघि खुबै आक्रामक हुने पूजाका फ्यान पनि यसपटक मौन छन् ।

रिलिजको मुखमा हुँदा पूजाको क्रेज नदेखिँदा फिल्म फ्लप हुने हो कि भन्ने भय निर्माण टिममा देखिएको छ । त्यसो त यो फिल्ममा पूजा र आकाशबाहेक अन्य स्टार कलाकार पनि छन् । तर, ती कलाकारको पनि कुनै चर्चा छैन ।

अरु बेला क्रेज नदेखिए पनि फिल्म रिलिजका बेला विवादमै आएर पनि चर्चामा रहने पूजाको चर्चा किन यसपटक किन नभएको होला त? कि पूजा र आकाशको स्किन नफापेको हो ?

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ११ : ३८ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा