चन्द्रमा जाने यात्रीका लागि यस्तो बन्यो स्पेस सूट « Khabarhub

चन्द्रमा जाने यात्रीका लागि यस्तो बन्यो स्पेस सूट


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमा जाने यात्रीले लगाउने नयाँ ‘सिंगल साइज फ्लेक्सिबल स्पेस सूट’ तयार पारेको छ । नासाले तयार पारेको अन्तरिक्ष यात्रीले लगाउने स्पेस सूट यसै साता सार्वजनिक गरेको हो ।

यसको प्रयोग भने सन् २०२४ मा नासाले चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यात्री पठाउँदा गर्ने छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म मानवले पाइला नटेको हुँदा नासाले २०२४ मा पहिलो पटक अमेरिकी अन्तरिक्ष यात्री पठाउने तयारी गरिरहेको छ ।

नासाले सार्वजनिक गरेको नयाँ स्पेस सूटको विशेषता भनेको यसलाई सिंगल साइजमा डिजाइन गरी बनाइएको छ । यसलाई कुनै पनि कदका अन्तरिक्ष यात्रीले पहिरन सक्छन् । किन भने यसलाई कुनै पनि साइजमा मिलाउन सकिन्छ ।

यसका साथै अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा जटिल कार्य गर्न पनि सहयोग पुग्ने छ । यस्तै प्रतिकुल वातावरणमा पनि यो स्पेस सूटले अन्तरिक्ष यात्रीको सुरक्षा गर्ने छ ।

यद्यपि, नासाले यो नयाँ स्पेस सूटलाई भने नमूनाको रुपमा मात्रै सार्वजनिक गरेको हो । यो पछिल्लो पुस्ताको स्पेस सूटको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसको लचिलोपन अर्थात लचकता र टिकाउ नै हो ।

कठिन परिस्थितिमा पनि यसले अन्तरिक्ष यात्रीलाई सहजता प्रदान गर्ने नासाको दावी छ ।

नासाले तयार पारेको यो नयाँ स्पेस सूटलाई पहिरन पनि सहज हुने र यसलाई थुप्रै अलगअलग साइजको पार्ट मिलाएर बनाइएको छ ।

यस्तै यो स्पेस सूटमा कुनै पनि जिप अर्थात तारको प्रयोग गरिएको छैन । यसको सबै मुख्य पार्टपुर्जालाई सील गरिएको छ । यसैगरी यसमा पोर्टेबल लाइफ सपोर्ट सिस्टम पनि रहेको छ । जसमा पावर सोर्स, वाटर कुलिङ सिस्टम, टु–वे रेडियो जडान गरिएको छ । यस्तै कार्बनडाइअक्साइड अब्जर्ब गर्ने असीमित क्षमता छ भने ६ दिनसम्म अन्तरिक्ष यात्रीका लागि पूर्ण रुपमा लाइफ सपोर्ट मिल्ने छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १ : ०५ बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई