चन्द्रमा जाने यात्रीका लागि यस्तो बन्यो स्पेस सूट « Khabarhub

चन्द्रमा जाने यात्रीका लागि यस्तो बन्यो स्पेस सूट


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमा जाने यात्रीले लगाउने नयाँ ‘सिंगल साइज फ्लेक्सिबल स्पेस सूट’ तयार पारेको छ । नासाले तयार पारेको अन्तरिक्ष यात्रीले लगाउने स्पेस सूट यसै साता सार्वजनिक गरेको हो ।

यसको प्रयोग भने सन् २०२४ मा नासाले चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यात्री पठाउँदा गर्ने छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म मानवले पाइला नटेको हुँदा नासाले २०२४ मा पहिलो पटक अमेरिकी अन्तरिक्ष यात्री पठाउने तयारी गरिरहेको छ ।

नासाले सार्वजनिक गरेको नयाँ स्पेस सूटको विशेषता भनेको यसलाई सिंगल साइजमा डिजाइन गरी बनाइएको छ । यसलाई कुनै पनि कदका अन्तरिक्ष यात्रीले पहिरन सक्छन् । किन भने यसलाई कुनै पनि साइजमा मिलाउन सकिन्छ ।

यसका साथै अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा जटिल कार्य गर्न पनि सहयोग पुग्ने छ । यस्तै प्रतिकुल वातावरणमा पनि यो स्पेस सूटले अन्तरिक्ष यात्रीको सुरक्षा गर्ने छ ।

यद्यपि, नासाले यो नयाँ स्पेस सूटलाई भने नमूनाको रुपमा मात्रै सार्वजनिक गरेको हो । यो पछिल्लो पुस्ताको स्पेस सूटको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसको लचिलोपन अर्थात लचकता र टिकाउ नै हो ।

कठिन परिस्थितिमा पनि यसले अन्तरिक्ष यात्रीलाई सहजता प्रदान गर्ने नासाको दावी छ ।

नासाले तयार पारेको यो नयाँ स्पेस सूटलाई पहिरन पनि सहज हुने र यसलाई थुप्रै अलगअलग साइजको पार्ट मिलाएर बनाइएको छ ।

यस्तै यो स्पेस सूटमा कुनै पनि जिप अर्थात तारको प्रयोग गरिएको छैन । यसको सबै मुख्य पार्टपुर्जालाई सील गरिएको छ । यसैगरी यसमा पोर्टेबल लाइफ सपोर्ट सिस्टम पनि रहेको छ । जसमा पावर सोर्स, वाटर कुलिङ सिस्टम, टु–वे रेडियो जडान गरिएको छ । यस्तै कार्बनडाइअक्साइड अब्जर्ब गर्ने असीमित क्षमता छ भने ६ दिनसम्म अन्तरिक्ष यात्रीका लागि पूर्ण रुपमा लाइफ सपोर्ट मिल्ने छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १ : ०५ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित