फ्यानले घेरे अमिताभ बच्चनको घर, तर बिग बीले माग्नुपर्‍यो माफी ! « Khabarhub

फ्यानले घेरे अमिताभ बच्चनको घर, तर बिग बीले माग्नुपर्‍यो माफी !


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई बलिउड अभिनेता अमिताभ बच्चन जति व्यस्त होऊन् तर उनी फ्यानसँग जोडिएका हुन्छन् । उनी कहिलेकाहीँ सामाजिक सञ्जालका माध्यमबाट पनि फ्यानसँग कुराकानी गर्ने गर्छन् ।

प्रायः अमिताभ बच्चन कुनै मौका पारेर फ्यानसँग कुरा गर्न रमाइलो मान्ने गर्छन् । र, आइतबार फ्यानलाई उनले एक झलक पनि दिने गर्छन् ।

तर यो आइतबार भने उनी फ्यान भेट्न घरबाहिर निस्केनन् । जसकारण उनले माफी नै माग्नुपर्‍यो ।

अमिताभको घर पुगेका फ्यान निराश भएर फर्किनुपर्‍यो । जसकारण अमिताभले फ्यानसँग माफी मागे ।

अमिताभ बिरामी भएका कारण उनी फ्यानसँग भेट्न पाएनन् । हालै अमिताभ रुटिन चेकअपका लागि अस्पताल भर्ना भएका थिए । यसबीचमा कैयन् समाचार बाहिर आए । त्यसपछि अमिताभले ब्लगका माध्यमबाट उक्त अफवाह फैलाउनेप्रति दुःख व्यक्त गरे ।

आइतबार भने घरबाहिर भेट्न आएका फ्यानलाई भेट्न नपाएपछि उनले ट्वीटरमा लेखे, ‘मैले मानिनँ, र पनि मान्छे मलाई भेट्न आए, माफी चाहन्छु, म बाहिर आउन सक्दिनँ ।’

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  २ : १० बजे

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते

भरतपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष