युनाइटेडको घरेलु मैदानमा जीत हात पारौं भने पनि सफल हुन सकिएन – योर्गन क्लोप | Khabarhub Khabarhub

युनाइटेडको घरेलु मैदानमा जीत हात पारौं भने पनि सफल हुन सकिएन – योर्गन क्लोप


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लिभरपुलका प्रशिक्षक योर्गनज क्लोपले म्यान्चेस्टर युनाइटेड उसको घरेलु मैदानमा सधै आफ्नो टोलीमाथि हाबी हुँदै आएको बताएका छन् ।

आइतबार राति ओड ट्राफोर्डमा भएको खेलमा युनाइटेड र लिभरपुलले १–१ बराबरी खेलेका थिए । खेलपछि प्रतिक्रिया दिँदै क्लोपले युनाइटेड लिभरपुलमाथि उसको घरेलु मैदानमा सधै हाबी हुने गरेको स्वीकारेका हुन् ।

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँग यो सिजनमा युनाइटेडले मात्रै अहिलेसम्म एक अंक खोस्न सफल भएको हो । ९ खेल खेलेको लिभरपुलको २५ अंकसहित शिर्ष स्थानमा हुँदा ओले गनर सोल्सायरको टिम युनाइटेडभने रेलिगेसनको त्रासमा छ ।

‘यो बर्ष, अघिल्लो बर्ष, त्यो भन्दा अघिल्लो बर्ष उनीहरुले रोक्दै आएक छन्,’ क्लोपले भने,‘त्यो कसरी भइरहेको छ । ठिक छ । यो आलोचनात्मक छैन । यो मात्र एक सत्य हो ।’

क्लोपले यूनाइटेडको घरेलु मैदानमा हुने खेलमा जीत हात पारौं भने पनि सफल हुन नसकेको बताएका छन् ।

आइताबर रातिको खेलमा युनाइटेडले मार्कस रासर्फोडको गोलमा ३६ औं मिनेटमा लिभरपुलविरुद्ध अग्रता बनाएको थियो । तर, खेलको ८५ औं मिनेटमा लिभरपुलका आडम लल्लनको गोलमा खेल बराबरीमा रोकिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  २ : १३ बजे

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ