आगामी शैक्षिक शत्रबाट श्रम विषयमा एम ए पढाई हुने « Khabarhub

आगामी शैक्षिक शत्रबाट श्रम विषयमा एम ए पढाई हुने


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा आगामी शैक्षिक शत्रबाट श्रम विषयमा स्नातकोत्तर पढाइ हुने भएको छ ।

सोमबार नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा विश्वविद्यालय तह श्रम अध्ययनका लागि आवश्यक विषयमा गरेको अन्तक्रिया कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधिले आगामी शैक्षिक शत्रदेखि श्रम विषय पढाइ हुने जानकारी दिएका हुन्।

नेपालको सन्दर्भमा श्रम विषय अध्ययनको आवश्यकता रहेको त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक उमेश उपाध्ययले बताएका छन् । उनले विश्वविद्यालयले श्रम विषय अध्यापनका लागि आवश्यक पाठयक्रम निर्माण गरिसकेको जानकारी दिएका छन् ।

नेपालका ट्रेड युनियनहरुले पनि वर्षौंदेखि श्रम विषय प्रथामिक तहदेखि नै पढाइ हुनुपर्ने माग गर्दै आएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताएका थिए । नेपालमा श्रम विषय आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाली श्रमिक रोजगारीका लागि विश्व श्रम बजारमा खपत भइरहेका समयमा श्रम विषय आवश्यक रहेको प्रतिनिधि सभाकी संसद विन्दा पाण्डेले बताएकी छिन् । सरकारले श्रम विषयलाई प्रथामिकतामा राखेर विश्वविद्यालयले अध्यापनका लागि जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ५ : २७ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।