सीएमसी अस्पतालमा भएको तोडफोडको गैर सरकारी चिकित्सक संघद्वारा भर्त्सना « Khabarhub

सीएमसी अस्पतालमा भएको तोडफोडको गैर सरकारी चिकित्सक संघद्वारा भर्त्सना


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन मेडिकल कलेज (सीएमसी) मा आइतबार भएको तोडफोड र हुलदंगाको विषयमा गैर सरकारी चिकित्सक संघले भर्त्सना गरेको छ ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै अस्पताल जस्तो संवेदनशील क्षेत्रमा लापरबाहीको कारण देखाउँदै चिकित्सक र स्वस्थ्यकर्मीमाथि अमानवीय व्यवहार भएको बताएको छ ।

संघले अस्पतालमा तोडफोड गर्नेमाथि ‘जेल विदआउट बेल’को नियम अनुसार कानूनी कारबाही गर्नुपर्ने माग समेत गरेको छ ।

नवलपुरको कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा मृत्यु भएको थियो ।

अस्पतालको लापरबाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ । मृतक आशाका श्रीमान् पुकनारायण ज्ञवालीले अस्पतालको लापरवबाहीका कारण आफ्नो श्रीमतीको ज्यान गएको बताए । डाक्टरको सल्लाह अनुसार नै नाकको शल्यक्रिया गर्न अस्पताल आएको मृतकका श्रीमान् पुकनारायणले बताए ।

दुई महिना अघि चिकित्सकले दिएको सल्लाहअनुसार नै गत असोज २६ गते आशालाई अस्पातल ल्याइएको थियो । शल्यक्रिया अघि सबै परीक्षण गरेर २७ गते बिहान करीब ९ बजेको समयमा शल्यक्रियाका लागि अस्पताल लगिएको थियो ।

अस्पातलले शनिबार अपराह्न करीब ४ बजे आशाको मृत्यु भएको भनि जानकारी गराएको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले बिरामीको मृत्युपश्चात अस्पतालले समिति गठन गरी अनुसन्धान शुरु गरेको बताए ।

मृतकका परिवारले शल्यक्रियामा संलग्न चिकित्सकको इजाजतपत्र खारेज र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ६ : ४१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको