१ सय ९१ तोला चाँदीसहित भारतीय नागरिक पक्राउ « Khabarhub

१ सय ९१ तोला चाँदीसहित भारतीय नागरिक पक्राउ


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– प्रहरीले १ सय ९१ तोला चाँदीका गरगहनासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भन्सार छलेर ल्याइएको १९१ तोला चाँदीको गरगहनासहित भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ बस्दै आएका १८ वर्षीय राकेशकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय सानोपोखराका प्रहरी सहायक निरीक्षक जयबहादुर प्रधान नेतृत्वको टोलीले हेटौँडा–२ देवीपथमा जाँचका क्रममा मोटरसाइकलको सिट र ट्याङ्कीमा लुकाइराखेको उक्त परिमाणको चाँदीको गहना बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगिएको छ । चाँदीको गरगहना वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ । उनले ना १४ प २८३६ नम्बरको को मोटरसाइकलमा उक्त परिमाणको चाँदीका गरगहना लुकाएर ल्याएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ५ : ४२ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर