‘बौद्ध दर्शन जीवनको हरेक चिन्तनसँग जोडिएको हुन्छ’ « Khabarhub

‘बौद्ध दर्शन जीवनको हरेक चिन्तनसँग जोडिएको हुन्छ’


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्वान्हरुले बौद्धको दर्शन कल्पनासँग मात्र नभई जीवनको हरेक चिन्तनसँग जोडिएको बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तरराष्ट्रिय दर्शन दिवसका अवसमा विहीबार आयोजना गरेको बौद्ध दर्शन र यसको अन्तरराष्ट्रिय प्रभाव विषयको विचार गोष्ठीमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बौद्धधर्म दर्शनमा मात्र आधारित नभई यो धर्म पनि सँगै जोडिएको बताए ।

कार्यक्रममा प्रज्ञा–प्रष्ठिानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको दार्शनिक स्वरुप र नेपालले दर्शनमा पु¥याएको योगदानको अन्तरराष्ट्रियस्तरमा चर्चा हुनुपर्नेमा जोड दिनुभयो ।
साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितले बौद्ध दर्शनलाई अघि नसारेसम्म भेदभावरहित समाजको निर्माण हुन नसक्ने बताए ।
“मानव आफ्नो कतव्र्यको आधारमा अगाडि बढ्नुपर्छ भन्ने विचार नै बौद्ध विचार हो ”, प्रश्रितले भने ।

प्रज्ञा –प्रष्ठिानका सदस्य सचिव तथा दर्शनशास्त्र विभागका प्रमुख जगत्प्रसाद उपाध्यायले संसारका विभिन्न क्षेत्रका रहेका जनताले दर्शनशास्त्रको अध्ययन गर्न पाउनुपर्ने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ६ : ०२ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन