विश्व मत्स्य दिवसको अवसरमा फेवातालमा १० हजार माछाका भूरा छाडियो | Khabarhub Khabarhub

विश्व मत्स्य दिवसको अवसरमा फेवातालमा १० हजार माछाका भूरा छाडियो


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- विश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ।

परम्परागत र स्थानीय माछा आयातीत माछाका प्रजातिका कारणले लोप हुने खतरा बढेपछि मत्स्य अनुसन्धान केन्द्र पोखराले बिहीबार फेवातालमा शहर जातका माछाका भुरा छाडेको हो । स्थानीय प्रजातिका माछाको सङ्ख्या बढाउने उद्देश्यसहित केन्द्रले बर्सेनी यहाँका तालतलैयाहरुमा भुरा छाड्ने गरिएको छ।

केही वर्षअघि तालमा शहर, कत्ले, काँडे, फगेटा, बामलगायत स्थानीय जातका माछा पाइने गरेकामा अहिले लोप हुँदै गएको हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले बताए। तर पछिल्लो समय मत्स्य अनुसन्धान केन्द्र, प्रदेश तथा स्थानीय सरकारबाट स्थानीय प्रजातिका माछा संरक्षणका लागि सहयोग भएकाले तिनीहरुको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए।

अध्यक्ष जलारीले तालमा साना भुरा छोड्दा बकुल्ला लगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढिरहेकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोड्दा उपयुक्त हुने बताए।

अनुसन्धान केन्द्रका प्रमुख एवं डा मोहम्मद इकवाल हुसेनले स्वदेशी माछा तथा तालतलैया र माछाको प्रजननस्थलको संरक्षणको कार्य केन्द्रले गर्दैै आएको चर्चा गर्दै विश्व मत्स्य दिवसका अवसरमा हरेक वर्ष १० देखि २० हजार भुरा छोड्ने गरिएको बताए।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ मत्स्य विकास अधिकृत गायत्रीराज वाग्लेले निर्देशनालयले स्थानीय माछाका प्रजाति संरक्षण तथा जलारी समुदायका जीवनोस्तर सुधारका लागि माछा पाल्ने केज हस्तान्तरण, भुरा छाड्ने लगायतका कार्यक्रमहरु गर्दै आइरहेको बताए।

यसैगरी मत्स्य दिवसका अवसरमा निर्देशनालयले आयोजना गरेको मत्स्यपालनसम्बन्धी सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सरकारले कास्कीका नौवटै तालमा माछा पाल्ने योजना बनाइरहेको बताए।

दूध, माछा, मासु र अण्डामा तीन वर्षभित्रमा आत्मनिर्भर बन्ने सरकारको योजनालाई सफल बनाउन पनि व्यावसायिक माछापालनमा जोड दिन आग्रह गरे।

कार्यक्रमममा सहभागी किसानले उच्च गुणस्तरीय भुरा उपलब्ध हुने स्थान यकिन गरी सरकारले कृषकलाई जानकारी गराउनुपर्ने र पकेट तथा ब्लकमा मत्स्य प्रविधिको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ८ : ५३ बजे

मनसुन सङ्कट : पाकिस्तानको पञ्जाब बाढी उच्च सतर्कतामा, १९ हजारलाई सुरक्षित स्थानमा सारियो

लाहोर– मनसुनको नयाँ चरण सुरु हुनुअघि प्रान्तका विभिन्न बाढी प्रभावित

युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण

किएभ– युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ

सुपादेउराली पुग्ने गोरुसिङ्गे-सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

अर्घाखाँची– पूर्व-पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे-सन्धिखर्क सडक विस्तार तथा

१ करोड कट्यो त ‘माग्ने राजा’को व्यापार, अन्य दुईको हालत कस्तो ?

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आएका तीन फिल्म मध्ये

नेप्से १८ अंकले घट्यो, कारोबार कति ? 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेको छ