टोटेनहमलाई नयाँ खेलाडी आवश्यक नभएको प्रशिक्षक मोरिन्होको भनाई « Khabarhub

टोटेनहमलाई नयाँ खेलाडी आवश्यक नभएको प्रशिक्षक मोरिन्होको भनाई


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्ग्लिश क्लब टोटेनहमका नवनियुक्त मुख्य प्रशिक्षक जोसे मोरिन्होले क्लबका नयाँ खेलाडीको आवश्यकता नरहेको बताएका छन् ।

मुख्य प्रशिक्षक नियुक्त भएपछि क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मोरिन्होले नयाँ खेलाडीको आवश्यकता नरहेको बताएका हुन् ।

‘सबैभन्दा राम्रो उपहार यहाँका खेलाडी हुन् । मलाई नयाँ खेलाडीहरु चाहिदैन । म उनीहरुलाई अझ राम्ररी बुझ्न चाहन्छु,’ मोरिन्होले भने ।

मोरिन्हो क्लब आएसँगै जनवरीको विन्डो ट्रान्सफरमा टोटेनहमले नयाँ खेलाडी अनुबन्ध गर्ने आँकलन गरिएको थियो । तर, मोरिन्होले नयाँ खेलाडी अनुबन्ध नगर्ने बताए ।

मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई मंगलबार बर्खास्त गर्दै टोटेनहमले मोरिन्होलाई प्रशिक्षक नियुक्त गरेको हो ।

चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक समेत रहेका मोरिन्होले टोटेनहमसँग सन् २०२३ सम्मको लागि सम्झौता गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ०२ बजे

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको