मोबाइल हरायो ? एक मिनेटमै यसरी पत्ता लगाउनुहोस् « Khabarhub

मोबाइल हरायो ? एक मिनेटमै यसरी पत्ता लगाउनुहोस्


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

मोबाइ आजभोलि अत्यावश्यकीय बस्तु जस्तै बनेको छ । हरेक मानिसको हातहातमा मोबाइल छ । त्यसमा पनि एन्ड्रोइड र आइओएस सफ्टवेरयका महंगा मोबाइलको प्रयोग बढ्दो छ । १० हजार भन्दा माथि देखि लाखौं मूल्यको मोबाइल फोनहरु बोक्नेको मानिसको संख्या निकै धेरै रहेको छ ।

मोबाइल फोन कहिलेकाँही असावधानीका कारण कहि कतै छुट्न वा हराउन सक्छ । मोबाइल हराएर तनाव लिनु भएको छ भने हराएको मोबाइल खोज्न सकिन्छ । यसका लागि तपाइले केही काम गर्नु पर्ने हुन्छ । यसका लागि हामीले केही उपायहरु सुझाएका छौं–

१. सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् ।

२. त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone?’ सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।

३. यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ ।

मोबाइलमा रहेको १५ अंकको इन्टरनेश्सनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिफिकेसन अर्थात् आएमइआइ नम्बर तपाईले सुरक्षित गर्नु भएको छ भने हराएको मोबाइल खोज्न सहज हुन्छ ।

यसरी खोज्नुहोस्

यसबाट मोबाइल कहाँ र कसले प्रयोग गरेको छ भन्ने पत्ता लाग्ने भएकोले मोबाइल चोरीदेखि लिएर विभिन्न अपराधिक क्रियाकलाप रोक्न प्रहरीलाई सहज हुनेछ ।

तपाईले कसैको मोबाइल भेट्नु भएको छ र फिर्ता नदिने सोच्नु भएको छ भने त्यस्तो गल्ति नगर्नुहोस् किनकी तपाई प्रहरी खोरमा पर्नसक्नु हुनेछ ।

iPhone का प्रयोगकर्ताले iCloud को मद्दतमा हराएको डिभाइस खोज्न सक्दछ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ११ : ५३ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित