फिनल्याण्डसँग व्यापारमा सहकार्य गर्न सरकारलाई सुझाव « Khabarhub

फिनल्याण्डसँग व्यापारमा सहकार्य गर्न सरकारलाई सुझाव


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको विकासमा फिनल्याण्डले सहयोग गर्ने नेपालका लागि फिनल्याण्डका राजदूत पेयरती एन्टिननले बताएका छन् ।

फिनल्याण्डसँगको व्यापारका विषयमा नेपाल चेम्बर अफ कमर्शले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको कार्यममा राजदूत एटिननले विगतदेखि नै नेपाल र फिनल्याण्डबीच आपसी सहयोग आदानप्रदान रहेको बताउँदै यसलाई विस्तार गर्न सकिने बताए । उनले नेपालको पर्यटनसहितका क्षेत्रमा लगानी गर्न फिनल्याण्ड तयार रहेको बताएका छन् ।

नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढेको भन्दै उनले दुवै देशले आपसी सहयोग आदानप्रदान गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले फिनल्याण्ड सरकारसँग व्यापार प्रबद्धनका लागि सरकारले पहल गर्नुपर्ने बताए । नेपालको पर्यटन, जलस्रोतलगायतका आर्थिक क्षेत्रमा सहकार्य बढाउन र लगानी भित्र्याउन सरकारले अन्तरदेसीय सहकार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा धारणा राख्दै फिनल्याण्डका राजदूत

नेपालमा लगानीको वातावरण बन्दै गएपनि केही कानूनी समस्या भएकाले यसलाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्ने मल्लको भनाई थियो ।

कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले व्यापरिक क्षेत्रमा सहकार्य गर्नेगरी दुई देशबीचको सहकार्य आवश्यक रहेको बताए । उनले विदेशी लगानी भित्र्याउन सरकारले सहज वातावरण बनाउँदै लैजानु पर्ने बताए । उनले निजी व्यवसायीहरुसँगको सहकार्यमा विदेशी लगानीका स्रोत खोज्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १२ : १० बजे

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा