औषधि उत्पादनमा लगानी बढ्दै– सरकारले साथ दिए आत्मनिर्भर बन्ने | Khabarhub Khabarhub

औषधि उत्पादनमा लगानी बढ्दै– सरकारले साथ दिए आत्मनिर्भर बन्ने


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा औषधि उत्पादनका क्षेत्रमा लगानी बढ्न थालेको छ । औषधि व्यवस्था विभागमा दुई वर्षको अवधिमा ३७ वटा नयाँ औषधि उत्पादक कम्पनी दर्ता भएका छन् ।

विभागमा नयाँ अनुमति लिने औषधि कम्पनीले ३५ करोड रुपैयाँसम्म लगानी गरेर औषधि उत्पादन गर्ने दाबी गरेका छन् । नयाँ कम्पनीहरुमा लाईका फर्मास्यूटिकल्स, राजदेवी फर्मास्यूटिकल्स प्राईभेट लिमिटेड, पोखरा फर्मास्यूटिकल्स प्राईभेट लिमिटेड, टिजिग फर्माप्राईभेट लिमिटेड, एभरेस्ट फार्मास्यूटिकल प्राइवेट लिमिटेड लगायतका ३७ वटा ठूला औषधि उत्पादक थपिएको विभागले जनाएको छ ।

नयाँ अनुमति लिने कम्पनीले ट्याबलेट, सिरफ तथा ओइमेन्ट जस्ता औषधिको उत्पादन गर्ने विभागले जनाएको छ । औषधि उत्पादन गर्ने कम्पनीको तदारुकता र लगानीको अवस्था हेर्दा नेपाललाई चाहिने औषधि अब नेपालमै उत्पादन हुनसक्छ भन्ने देखिएको विभागका फार्मेसी अधिकृत विवेक गौतमले बताए ।

उनले भने, ‘नेपालमा औषधि उत्पादन कम्पनी बढनु राम्रो पक्ष भएपनि सरकारले लगानीभन्दा पनि उत्पादनको मात्रामा जोड दिँदै आएको छ । अहिले पनि नेपाल विदेशी औषधिको भरमा छ । अहिले देखिएको लगानी उत्सुकताले अब औषधिमा नेपाल आत्मनिर्भर रहने लक्षण देखा परेको छ ।’

भारतीय औषधि कम्पनीको हिस्सा धेरै

औषधि व्यवस्था विभागका अनुसार अहिले ४ सय ४० वटा औषधि कम्पनी छन् । जसमध्ये नेपालमा ६० वटा औषधि कम्पनी अहिले सञ्चालनमा छन् ।

३ सय ८० वटा विदेशी कम्पनीले नेपालमा औषधि बिक्री उत्पादन गदै आएका छन् । नेपालभित्र औषधि उत्पादनमा विदेशी कम्पनीको ठुलो हिस्सा छ । विदेशी कम्पनीका औषधिमध्ये भारतीय कम्पनीको ठूलो बजार हिस्सा रहेको विभागको तंथ्याकमा छ ।

नेपाल औषधि उत्पादक संघका प्रवक्ता विप्लप अधिकारी भन्छन्, ‘भारतीय औषधि उत्पादक कम्पनीले नेपाली बजारमा ५३ प्रतिशत हिस्सा ओगटेको छ, भने नेपालले ४५ प्रतिशत हिस्सा ओगटेको छ।’

औषधिका लागि नेपालबाट दैनिक करिब ७ करोड रुपैयाँ भारतलगायतका देश जाने अनुमान छ । अब भारत र तेस्रो मुलुकहरुबाट पनि तयार औषधि होइन, कच्चा पदार्थ मात्र ल्याउने नीति सरकारले अबलम्वन गर्नुपर्ने अधिकारी बताउँछन् ।

भन्सार विभागका अनुसार नेपालमा भारत, बंगलादेश, चीन, बेल्जियम, जर्मनी, इन्डोनेसिया लगायत ५० भन्दा बढी देशबाट औषधि आयात भइरहेको छ । तर, नेपालमा उत्पादन भएका औषधि भने दैनिक ५ करोड ५० लाख रुपैयाँ बराबरको थोक मूल्यमा खपत हुने गरेको छ ।

सरकारले कानूनी रूपमा नेपाली उद्योगहरुलाई प्रबर्द्धन नगरे पनि आफ्नै बलबुताले आन्तरिक बजारमा स्वदेशी उत्पादनको हिस्सा बढाइरहेको व्यवसायीहरू बताउँछन् । सरकारले प्रोत्साहन नगर्दा लामो समयदेखि नेपाली उत्पादनको बजारस्थिर रहेको उनीहरुको भनाइ छ ।

नेपाली उत्पादनको कारोबार बढे पनि विदेश औषधि प्रतिस्थापन दर भने बढेको छैन । नेपाली औषधिको बजार हिस्सा ७/८ वर्षयता ४०/४५ प्रतिशतमा सीमित छ । नेपाल सरकारले ०५१ यता स्वेदशी उत्पादनलाई प्रोत्साहनको लागि भन्दै आधा दर्जन निर्णय गरे पनि कार्यान्वयन नगरेको व्यवासायीको आरोप छ ।

राष्ट्रिय औषधि नीति–२०५१ ले १० वर्षमा ८० प्रतिशत अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको थियो, जुन अहिलेसम्म अधुरै छ । त्यस्तै, राष्ट्रिय स्वास्थ्य नीति–२०७१ ले गुणस्तरीय औषधि र आपूर्ति सुनिश्चिता गरी आन्तरिक उत्पादनलाई बढावा दिने र १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली उत्पादन नै खरिद गर्न सकिने व्यवस्था गरेको थियो । तर, त्यो पनि कार्यान्वयनमा आएन ।

नेपालमा पर्याप्त उत्पादन भइरहेका ३० प्रकारका औषधिको आयात रोक्ने निर्णय पनि सरकारले कार्यान्वयन गरेको छैन् ।

नेपाली उत्पादकलाई अत्मानिर्भर बनाऊ

सरकारले दुई वर्षभित्र नेपाललाई औषधि उत्पादनमा आत्मानिर्भर बनाउन नीति लिएको छ । तर यो नीति कार्यान्वयमा सरकार आफैं चुकेको औषधि व्यवसायीहरु बताउँछन् ।

‘औषधि उत्पादन कम्पनीमार्फत लगानी भित्रिनु राम्रो पक्ष हो । यसले औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सक्छ,’ नेपाल औषधि उत्पादक संघका प्रवक्ता अधिकारीले भने, ‘तर, लगानीकर्ताको लगानी सुरक्षित हुने र नेपालमा उत्पादन भएको औषधिको प्रयोगमा सरकार नै गम्भीर बन्नुपर्छ । अनि औषधि उत्पादन र प्रयोगका लागि तय गरिएका नीतिको प्रभावकारी कार्यान्वयन गर्न सक्नुपर्छ।’

नेपालमै उत्पादन हुने औषधिको प्रयोग बढाएर तिनै औषधी विदेशबाट आयात हुने क्रम बन्द गर्नुपर्ने व्यवसायीको माग छ।

औषधि उत्पादक कम्पनीलाई सरकारले उचित नियमन गरेर के, कसरी, कस्ता औषधि उत्पादन हुने ? ती औषधिको बजार माग कस्तो छ ? औषधिको गुणस्तर निर्धारण गरेर नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सके निकट भविष्यमै औषधिमा आत्मनिर्भर हुन सक्ने पनि अधिकारीले बताए । त्यसका लागि औषधिको कच्चा पदार्थ उत्पादनमा पनि ध्यान दिन आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ३ : ०९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका