धादिङको रुवीभ्यालीमा पहिलोपटक प्रहरी चौकी स्थापना « Khabarhub

धादिङको रुवीभ्यालीमा पहिलोपटक प्रहरी चौकी स्थापना


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– दादिङ जिल्लाको विकट हिमाली क्षेत्र रुवीभ्यालीको लापामा पहिलोपटक प्रहरी पुगेको छ ।

स्थानीय जनताले लामो समयदेखि प्रहरी चौकीको माग गर्दै आएको थिए । गत असोज ७ गतेको मन्त्रिपरिषद बैठकले थप रकम निकासाका गर्ने अनुमति दिएपछि रुवीभ्यालीमा प्रहरी चौकी निर्माण सम्पन्न भएको हो ।

रुवीभ्याली गाउँपालिका–५ लापामा निर्माण भएको प्रहरी चौकीको बिहीबार उद्घाटन गरिएको छ ।

धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ‍राज कुमार बैदवार र रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङले बिहीबार आयोजित कार्यक्रममा उक्त प्रहरी चौकीको संयुक्त रुपमा उद्‍घाटन गरे ।

भौगोलिक कठिनाइको कारण संवेदनशिल मानिएको उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना भएबाट त्यहाँका नागरिकले सहज रुपमा प्रहरी सेवा प्राप्त गर्न सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ‍राज कुमार बैदवारको भनाइ छ ।

प्रहरी चौकीको उद्घाटन कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका उप(निर्देशक मुकुन्द मरहठा, रुवीभ्याली गाउँपालिकाका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय बासिन्दाहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  २ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया