एन आई सी एशिया बैंकको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा « Khabarhub

एन आई सी एशिया बैंकको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङबाट आज एक समारोहका बीच समुद्घाटन भएको बैंकले जनाएको छ ।

स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

१८ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ४ : ०० बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई