नेटोको नयाँ शत्रु चिनियाँ कम्युनिस्ट पार्टी– पम्पेओ « Khabarhub

नेटोको नयाँ शत्रु चिनियाँ कम्युनिस्ट पार्टी– पम्पेओ


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी विदेश मन्त्री माइक पम्पेओले चीनको कम्युनिस्ट पार्टीको प्रतिकार गर्नका लागि नेटोको लक्ष्य सुदूर पूर्व भएको बताएका छन् ।

नेटोका विदेश मन्त्रीहरुको बैठकमा बोल्दै अमेरिकी विदेश मन्त्री पम्पेओले भने, ‘हाम्रो गठबन्धनले चिनियाँ कम्युनिस्ट पार्टिबाट आएको हालको र सम्भावित दीर्घकालिन खतरालाई सम्बोधन गर्नु आवश्यक छ ।’

नेटोका मुलुकहरुले आफूबीच रहेको आधारभूत मतान्तर र विश्वास तथा चिनियाँ कम्युनिस्ट पार्टिको बारेमा बेवास्ता गर्न नहुने उनले बताए । उनले शीत युद्धमा नेटोको विजयको बारेमा बताउँदै चीन बिरोधी गतिविधिलाई अगाडि बढाउनु पर्ने बताए ।

तर ब्रसेल्समा भेला भएका पत्रकारहरु मध्ये कसैले पनि चीनको बारेमा सोधेका थिएनन् । उनीहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाअभियोगसँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए । नेटोको पुनर्संरचनाको बारेमा फ्रेन्च र जर्मनी प्रस्तावको बारेमा सोधिएको प्रश्नमा पनि उनले बेइजिङकै प्रशंगलाई उठाएका थिए ।

यो महिनाको सुरुमा फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले नेटो ‘ब्रेन डेड’ भएको तर्क राखेका थिए र युरोपका मित्रहरुको रक्षा गर्ने विषयमा अमेरिकी प्रतिबद्धताको बारेमा सवाल गरेका थिए । नेटोको सट्टामा फ्रान्सेली राष्ट्रपतिले ईयूले आफ्नो संप्रभुताका लागि आफ्नै सैन्य संप्रभुतामा काम गर्नुपर्ने बताएका थिए ।

नेटोले आफ्नो मिसनलाई १९८९ मा शीतयुद्ध सकिएपछियता पुनःपरिभाषित गर्दै आएको छ । यसको निरन्तरताका लागि नयाँ कारणको खोजी गर्दै आएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ४ : १७ बजे

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको