विपद व्यवस्थान प्राधिकरणको कार्यकारी प्रमुखका लागि अन्तिम ३ जनाको नाम सिफारिस « Khabarhub

विपद व्यवस्थान प्राधिकरणको कार्यकारी प्रमुखका लागि अन्तिम ३ जनाको नाम सिफारिस


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

प्राधिकरणको प्रमुख कार्यकारी पदका अन्तिम सूचीमा परेका ५ जनामध्ये अन्तिम ३ जनालाई छनौट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्राधिकरणको कार्यकारी प्रमुखका लागि अन्तिम ३ मा पर्नेमा अनिल पोखरेल, डा. प्रेमबहादुर थापा र विष्णु प्रसाद खरेल छन् ।

प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरी अन्तिम उम्मेदवारका लागि ५ जनालाई छनौट गरेको थियो ।

जसमध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम, सोचपत्र एवम् व्यवसायिक कार्ययोजना मूल्याङ्कन, सोचपत्र तथा व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनमा प्राप्त गरेको अङ्कमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ३ जनालाई नियुक्तिका सिफारिस गरिएको जनाइएको छ ।

जसअनुसार सबैभन्दा बढी अङ्क अनिल पोखरेलले प्राप्त गरेका छन् भने डा प्रेमबहादुर थापा र विष्णप्रसा खरेल क्रमश दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ५ : ५७ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी