ट्राफिक स्वयंसेवकमा कानूनका विद्यार्थी परिचालित | Khabarhub Khabarhub

ट्राफिक स्वयंसेवकमा कानूनका विद्यार्थी परिचालित


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवकका रुपमा कानून संकायका विद्यार्थीहरुलाई परिचालन गर्ने भएको छ ।

ट्राफिक व्यवस्थापनमा सुधार तथा नागरिकसम्म ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने जनचेतना जगाउन कानूनका विद्यार्थीलाई परिचालन गर्न लागिएको हो ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले आगामी आइतबारदेखि एक सातासम्म चल्ने दोस्रो चरणको अभियानमा काठमाडौं स्कुल अफ ल, चक्रवर्ति अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका विद्यार्थीहरुलाई परिचालन गर्न लागिएको जानकारी दिए ।

शुक्रबार एक कार्यक्रमका बीच परिचालन हुने विद्यार्थीहरुलाई ट्राफिक प्रहरीले प्रशिक्षण समेत दिएको थियो । अभियानमा ३ सय ५५ जना युवा ट्राफिक स्वयंसेवकहरु परिचालित हुने छन् ।

ट्राफिक प्रहरीले गत असोज ५ गते पहिलो चरण अन्तर्गत पाँच सय जना युवा ट्राफिक स्वयंसेवकहरु परिचालन गरी ट्राफिक व्यवस्थापन सम्बन्धी एक साता लामो अभियान सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : ०० बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार