संघीयता विरोधीहरु सल्बलाए-अध्यक्ष प्रचण्ड  « Khabarhub

संघीयता विरोधीहरु सल्बलाए-अध्यक्ष प्रचण्ड 


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता नबुझ्नेहरु संघीयता कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

भक्तपुरको खरिपाटीमा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले संघीयता अझै पूर्ण भइनसकेको र प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा आउन नसकिरहेका बेला संघीयता विरोधी सक्रिय बनेको बताएका हुन् ।

अध्यक्ष दाहालले संघीयतालाई पूर्णता दिँदै जातीय, वर्गीय र लैङ्गिक उत्पीडन अन्त्य गर्न बाँकी रहेको बताउँदै कुनै समय आफ्नो टाउकाको मूल्य तोकेको दलसँग अहिले सहकार्य गर्नुपरेको समेत चर्चा गरे ।

कार्यक्रममा गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले एकीकृत दुई ठूला कम्युनिष्ट पार्टीको एकतालाई मूर्तरूप दिन नयाँ सङ्गठनात्मक संरचना गठन गरी नयाँ शक्ति निर्माण गर्न बाँकी रहेको बताए ।

उनले मुलुकको समृद्धिका लागि मार्क्सवाद, लेनिनवाद र समाजवादलाई पनि समृद्ध बनाउँदै लानुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

गृहमन्त्री थापाले एकीकृत पार्टीले तय गरेका सिद्धान्त, नीति, कार्यदिशा र रणनीतिलाई सशक्त ढङ्गबाट अगाडि बढाइने बताए । देशभरबाट २५१ जना सहभागी भएको दुई दिनसम्म चल्ने प्रशिक्षणले मोर्चाको राजनीतिक प्रतिवेदन तथा अन्तरिम विधानमाथि छलफल गर्ने लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चाका केन्द्रीय संयोजक भोजविक्रम बुढामगरले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ८ : ४९ बजे

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति