सप्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन | Khabarhub Khabarhub

सप्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– नेपाली भूमि अतिक्रमण गरिएको तथा नेपालमा गैर कानूनी गतिविधि बढाएको विरोधमा सप्तरीका स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।

सप्तरीको कञ्चनपुरमा स्वतन्त्र नागरिक समाजले चीन विरोधी प्रदर्शन गर्नुका साथै चिनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला दहन गरेको हो ।

सप्तरी तथा जनकपुरमा समाजले गरेको चिनियाँ विरोधी प्रदर्शनमा सयौंको स‍ंख्यामा स्थानीय युवाहरु सहभागी भएका थिए । त्यस्तै स्वतन्त्र राष्ट्रवादी युवाहरुको समूहले यसअघि विभिन्न जिल्लामा चीन विरोधी प्रदर्शन गर्दै आएका थिए ।

नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर लगायत लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायत सगरमाथको सिमानासमेत हडपेको आरोप लगाएका छन् ।

नेपाली भूमि मिचेको विरोधमा केही दिन अघि बर्दिया,  सर्लाही लगायतका जिल्लामा पनि चीन विरोधी प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ३३ बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस