हावाबाट निकालिएको बिजुलीले गाउँ नै उज्यालो « Khabarhub

हावाबाट निकालिएको बिजुलीले गाउँ नै उज्यालो


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका वडा नं. ४ का १५० घरधुरी उज्यालो बनेका छन् ।

दुई वर्षअघि मित्यालमा हावाबाट बिजुली उत्पादन सफल परीक्षण भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र निस्दी गाउँपालिकाको गरी दुई करोड १५ लाख संयुक्त लगानीमा हावा र सौर्यबाट २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेको हो ।

२५ किलोवाट बिजुलीले निस्दीअ ४, स्थित झ्यालटुङ, रुक्सेभन्ज्याङ, काफलडाँडा, मौलाथर, मित्याल बजारका १५० बढी घर उज्यालो बनेको उपभोक्ता समितिका अध्यक्ष भूपिन्द्र सुनारीले जानकारी दिए ।

यस्तै निस्दी गाउँपालिका, वडा नं. ४, प्रहरी चौकी, स्वास्थ्य कार्यालय, गौरीशङ्कर मावि, मौलादेवी र मित्याल आधारभूत विद्यालयमा समेत विद्युत्को पहुँच पुगेको छ ।

पहिले हावाबाट बिजुली बल्छ भन्ने विश्वास नै नभए पनि अहिले गाउँ नै झिलिमिली बन्दा दङ्ग परेको अध्यक्ष सुनारीले बताए । त्यहाँका बासिन्दाले विद्युत्को प्रसारण लाइनबाट गाउँमा बत्ती बाल्न भनेर दस वर्षअघि नै रकम सङ्कलन गरेको उनले सुनाए । अहिलेमात्र बिजुली बाल्ने सपना त्यो पनि हावाले पूरा भएको उनले बताए ।
हावाबाट बिजुली निकाल्नका लागि निस्दी गाउँपालिकाले ४२ लाख १३ हजार रुपियाँ र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एक करोड ७४ लाख खर्च गरेको छ ।
गाउँका जनताको मागअनुसार बिजुली बत्ती बाल्न बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । सम्भव भएसम्म अन्य विभिन्न वडामा समेत हावा र सौर्य ऊर्जाबाट बिजुली बत्ती बाल्ने योजना रहेको उनले बताए ।

हावाबाट उत्पादन भएको बिजुली प्रयोग गर्न पाएपछि यहाँका बासिन्दा खुसी छन् । बिजुली आएपछि घर, कार्यालय र गाउँ नै उज्यालो भएका गौरीशङ्कर माविका प्रधानाध्यापक केशबहादुर सुनारीले बताए ।

अहिले तत्कालका लागि बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म बिजुली वितरण भइरहेको छ । निकट भविष्यमै २४सै घण्टा वितरण गर्ने उपभोक्ता समितिका उपाध्यक्ष जबरसिं सारुले बताए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ९ : १९ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना