पाल्पाको निस्दीमा निकालियो हावाबाट बिजुली « Khabarhub

पाल्पाको निस्दीमा निकालियो हावाबाट बिजुली


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँपालिकाको रु ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली निकालिएको हो ।

हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणलीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले जानकारी दिए ।

करीब साढे दुई वर्षअघिदेखि शुरु भएको आयोजना अहिले सम्पन्न भएर घरघरमा बिजुली बत्ती बल्न थालेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।

गाउँपालिकाको झ्याल्टुङ्ग, मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशङ्कर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा बिजुली बत्ती उपयोग भएको छ ।

विद्यालयका कामकाज गर्न विद्युत् सेवा पुगेपछि सजिलो भएको गौरीशङ्कर माविका प्रधानाध्यापक केशबहादुर सुनारी बताउँछन् । कृष्ण ग्रिल एण्ड इञ्जिनीयरिङ वर्क प्रालि विराटनगरमार्फत यहाँ विद्युत् उत्पादन गरिएको हो ।

उनका अनुसार यस आयोजनाबाट यहाँका करीब ८०० जनसङ्ख्या लाभान्वित हुनेछन् । बिहान ४ बजेदेखि ७ बजेसम्म र १० बजेदेखि राति ११ बजेसम्म विद्युत् लाइन सञ्चालन गरिएको छ ।

मित्यालको रुक्सेभन्ज्याङ डाँडामा दुई पङ्खा घुमाएर विद्युत् सेवा दिइएको छ । यसअघि निस्दी गाउँपालिकाको एउटा वडामा हावाबाट निकालिएको बिजुली प्रयोगमा ल्याइएको थियो । थप सेवा विस्तार गर्न दोस्रोपटक बिजुली उत्पादन गरी स्थानीयवासीलाई सुविधा दिइएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : ४७ बजे

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई

शिक्षामा स्वजागरणको अभ्यास : अभिभावक-विद्यालयले के गर्ने ? 

काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो ।