गाउँपालिका अध्यक्षको अपहरण : शाहीको अवस्था अज्ञात, श्रीमती जंगलमा भेटिइन् « Khabarhub

गाउँपालिका अध्यक्षको अपहरण : शाहीको अवस्था अज्ञात, श्रीमती जंगलमा भेटिइन्


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला फेला परेकी छिन् ।

उनी जंगलमा फेला परेकी हुन् । तर सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले अपहरण गरेर लैजाने समूहले शाहीलाई जंगलमा छोडेर गएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।

उनीहरुलाई शनिवार राति अज्ञात समूहले अपहरण गरेको हो । शनिबार राति साढे १२ बजेतिर शाही र उनकी श्रीमती अपहरणमा परेका थिए ।
घरमै सुतिरहेका उनीहरुलाई अज्ञात समूहले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

करीब १५ जनाको समूहले गाउँपालिका अध्यक्षसहित उनकी पत्नीलाई अपहरण गरेपछि उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपि हरी ओलीले भने–‘अपहरणको खबर आएको छ । हामीले खोजी कार्यलाई तिव्रता दिएका छौं ।’

नेकपाका विदेश विभाग उपप्रमुख रहेका विष्णु रिजालले हिजो राती ठॉटीकॉध-२ को श्रीपाटामा रहेको आफ्नै घरबाट मध्य राती अपहरण गरेर बिजारेको जंगल हुँदै कालीकोटको भर्तांतिर लगिएको जानकारी आएको जनाएका छन् ।

दैलेखमा डीएस्पी हरि ओली, सुर्खेतमा डीआइजी पूर्णचन्द्र जोशी र काठमाडौंमा गृहसचिव प्रेम राईसँग समन्वय भइरहेको उनले जनाएका छन् । । लेकमा हिउँ परेको छ बताउँदै उनले दैलेखको तिलेपाटा र कालीकोटतिरबाट पनि प्रहरी परिचालन भइसकेको जानकारी दिए ।

उक्त घटनामा विप्लव नेकपाका नेताहरुको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ ।

गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले अध्यक्ष शाहीलाई केही समयअघि चेतावनी पत्र दिएका थिए । सोही कारण शाहीको अपहरणमा विप्लव समूहको संलग्नताको आशंका गरिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ११ : २० बजे

मोन्ट्रा इलेक्ट्रिकद्वारा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं– भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंमा

‘कांग्रेस फुट्ने कि जुट्ने देउवाले बोलेपछि स्पष्ट हुन्छ‘

काठमाडौं – नेपाली कांग्रेस फुट्ने वा नफुट्ने विषय पूर्वसभापति शेरबहादुर

बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी

काठमाडौं–  हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले

ट्रम्पले स्वीकारे : इरानको डरले खाना ओसार्ने क्याटरिङ ट्रक चढेर अर्को विमानमा सरेँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्किएमा इरानबाट सुरक्षा

महेश बर्तौलाको टिप्पणी : चार महिनामै गणपूरक संख्या नपुग्नु ‘भयंकर संसदीय लज्जा’

काठमाडौं- नेकपा एमालेका पूर्वप्रमुख सचेतक एवम् नेता महेश बर्तौलाले नयाँ