गणेश लामा र रमेश बाहुन समूहका २ जना ‘गुण्डा’ पक्राउ « Khabarhub

गणेश लामा र रमेश बाहुन समूहका २ जना ‘गुण्डा’ पक्राउ


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले गुण्डा नाइकेहरु गणेश लामा र रमेश वाहुन समूहका २ जनालाई ‘सदस्य’लाई पक्राउ गरेको छ ।

व्यवसायीहरुलाई धम्क्याएर जबरजस्ती चंदा असुल गर्ने गरेको भेटिएपछि महानगरीय अपराध महाशाखाको टोलीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुण्डा नाइके रमेश बाहुन समूहका दूर्गा राई छन् । राई हातहतियार तथा खरखजाना मुद्दामा ५ वर्ष जेल जीवन विताएर रिहा भएका अभियुक्त समेत हुन् ।

प्रहरीका पछिल्लो समय उनले राजधानी काठमाडौंको कोटेश्वर क्षेत्रमा चंदा आतंक तीव्र पाएका थिए ।

यस्तै, गणेश लामा समूहबाट हाल दावा लामा समूहमा आएका अर्का ‘गुण्डा’ विष्णु धिताललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

धिताललाई शुक्रबार साँझ पेप्सीकोला क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध मशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए ।

थापाका अनुसार दावा लामा समूहका धितालले पनि पछिल्लो समय गिट्टी तथा बालुवासँग सम्बन्धित व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई धम्क्याएर चंदा संकलन गर्ने गरेका थिए ।

प्रहरीले पक्राउ परेका दुवैजनाविरुद्ध आइतबार म्याद थप गरेर अनुसन्धान थाल्ने जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १२ : २६ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६