पूर्वश्रम स्वीकृतिको विवरण अब अनलाइनबाटै | Khabarhub Khabarhub

पूर्वश्रम स्वीकृतिको विवरण अब अनलाइनबाटै


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वश्रम स्वीकृतिको विवरण अनलाइन प्रणालीबाटै काम हुने भएको छ ।

पूर्वश्रम स्वीकृतिको फाइल लिएर म्यानपावर व्यवसायी अब वैदेशिक रोजगार विभाग अन्र्तगतको श्रम कार्यालय धाउनु नपर्ने भएको छ । विभागले आइतबारदेखि मलेसिया, युएई र कुवेतबाट पूर्वश्रम स्वीकृतिको परीक्षण शुरु गरेको छ ।

म्यानपावर कम्पनीले रोजगारदाता देशबाट डिमाण्ड निकालेपछि उनीहरुले सवै विवरण भिसा प्रमाणिकरणका लागि नेपाली नियोगमा पठाउँछन् । त्यसपछि पूर्वश्रम स्वीकृतिका लागि अनलाइन हुन्छ । यसरी अनलाइन भएको सवै विवरण सम्बन्धीत म्यानपावर र विभागको अनलाइन प्रणालीमा आउँछ ।

त्यसपछि मात्र म्यानपावर कम्पनीले रोजगारीमा जाने कामदारसँग अन्तवाता लिन पाउँछन् । हाल पूर्वश्रम स्वीकृति कागज रुपमा लिएर अन्तवाता लिदै आएका थिए । अब भने अन्तर्वार्ता लिएको विवरण पनि अनलाइन प्रणालीमा समावेश हुन्छ ।

वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्ने अनलाइन प्रणालीको विकास गर्ने लागेको विभाग महानिर्देशक डा.भीष्म भुसालले जानकारी दिएका छन् ।

अनलाइन प्रणालीबाट काम गर्ने थालेपछि विगतका तुलनामा धेरै समस्या समाधान हुदै गएको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १ : ०६ बजे

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता