विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ « Khabarhub

विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । गाउँपालिका अध्यक्ष अमिरीलाल राउत आइतवार(आज) पक्राउ परेका हुन् ।

सवारी ज्यान मुद्दाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष राउतलाई आइतबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

राउतलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको उनले बताए ।

उक्त घटनामा बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते भेडिहरलाई दोषी ठहर गर्दै उनलाई २९ दिन कैद र २ हजार जरिवाना सजाय सुनाएको थियो।

घटना भएको १५ वर्षसम्म उनी बाहिरै थिए। फौजदारी अपराधमा कसुरदार भएर पनि उनी चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १ : ४५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको