अपहरणकारीले गाउँपालिका अध्यक्षको कञ्चटमा राखेका थिए पेस्तोल | Khabarhub Khabarhub

अपहरणकारीले गाउँपालिका अध्यक्षको कञ्चटमा राखेका थिए पेस्तोल


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार मध्यराति दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही पत्नीसहित अपहरणमा परे ।

मध्यरातमा ‘हामीले बाटो बिरायौं । ठाँटीकाँध बजार जाने बाटो कुन हो ?’ भन्दै ढोका ढकढक पारेपछि अध्यक्ष धीरबहादुर शाही पत्नी इलाले ढोका खोलिन् ।

गाउँपालिकाका अध्यक्ष धीरबहादुरका भाइ हस्तबहादुरका अनुसार इला(भाउजु) ले ढोका खोल्दा श्रीमान् धीरबहादुर पनि सँगै थिए ।

नकाव लगाएका मानिसहरुले अध्यक्ष धीरबहादुरको कन्चटमा पेस्तोल ताके र हामीसँग हिँड् भने ।

नकाव लगाएका मानिसहरुको समूहले शाहीलाई लैजान खोजेपछि इलाले प्रतिवाद गरिन् । किन र कहाँ लैजाने भनेर उनले प्रश्न गर्न थालेपछि केही बरे तनाव भएको थियो । तर नकाव लगाएका समूहले लैजाने भएपछि इलापनि उनीहरुसँगै पछि लागेकी थिइन् ।

करिब दुई घण्टा हिँडाएर वडा नं. २ को जंगलमा पुर्‍याएपछि इलालाई नकावधारी समूहले फर्कन भन्यो । तर उनले मानिनन् । नकावधारी समूहले जे पनि हुन सक्ने भन्दै धम्की दिएपछि उनी फर्किइन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्षसमेत रहेकी इलाले नकावधारी समूहका एक जनाले राजनीतिक विषयमा कुराकानी गर्नु परेको र केही समयमा छोडिदिने भन्दै आफूलाई फर्काएको बताइन् ।

दाइ भाउजु नै अपहरणमा परेपछि भाइ हस्तबहादुर केही स्थानीयसहित खोज्न गएका थिए । दाइ भाउजु खोज्न आफू बिहानै गुईच्याखर्क जंगलमा पुगेको र भाउजु इलालाई भेट्टाएको उनले बताए । अहिले हामी जंगलमा कालीकोटको भर्ता टावर तर्फ दाइको खोजी भइरहेको उनको भनाइ छ ।

दैलेख जिल्ला प्रहरीका प्रमुख डिएसपी हरिबहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सूचना पाउनेबित्तिकै प्रहरी परिचालन गरिएको बताए। प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट समेत खोजी तीव्र बनाइएको उनको भनाइ छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अज्ञात समूहबाट अध्यक्ष धीरबहादुर शाही र इला शाहीलाई अपहरण गरिएको जानकारी आएको र इलालाई बीच वनमा छोडेको खबर पाएको बताए । अध्यक्ष शाहीको अवस्थाबारे खोजी भइरहेको बताए । तर कसले किन शाहीको अपहरण गरेको भन्नेबारे केही प्रष्ट नभएको बताए ।

शाहीको अपहरण विप्लव नेतृत्वको समूहबाट भएको आशंका गरिएको छ । यद्दपी विप्लव समूहले भने यसको औपचारिक जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  २ : २७ बजे

विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव

काठमाडौं– अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव

काल्मेगीले फिलिपिन्समा ११४ जनाको मृत्य : आँधीको प्रभाव भियतनाम पुग्यो

काठमाडौं – मध्य फिलिपिन्समा ११४ जनाको मृत्युको कारण बनेको काल्मेगी

जेनजीलाई शंकर पोखरेलको चुनौती: तपाईंका सुशासन आदर्शसँग परीक्षण हुन चाहन्छु

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू सधैं सुशासनको

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल 

राँझा– नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण