भ्रष्टाचारविरुद्धको आन्दोलनले नगरपालिकाको कामकाज ठप्प | Khabarhub Khabarhub

भ्रष्टाचारविरुद्धको आन्दोलनले नगरपालिकाको कामकाज ठप्प


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– विगत ८ दिनदेखि चर्किएको आन्दोलनका कारण सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कामकाज ठप्प बनेको छ । अनियमितता र भ्रष्टाचारविरुद्ध केही युवाहरुले मंसिर २९ गते नगरपालिका कार्यालयमा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका थिए ।  नगरपालिकालाई गत मंसिर १९ गते दिएको ६ सुत्रिय मागको सुनुवाइ नभएको भन्दै युवा र बुद्धिजीवीले तालाबन्दी गरेर विरोध प्रदर्शन जारी राखेका हुन् ।

एक साता तालाबन्दी गर्दा पनि माग पूरा नभएको भन्दै युवाले ‘भ्रष्टाचार हटाउः नगरपालिका बचाउ’ भन्दै पातो बजारमा मोटरसाइकल र्‍याली निकालेका छन् । नगरपालिकाको हरहिसाब सार्वजनिक गर्न तथा यस अवधिमा खरीद गरिएका सामानको विवरण तथा बिल सार्वजनिक गर्न प्रदर्शनकारीले माग राखेका छन् ।

तालाबन्दी गरेर प्रदर्शन जारी राखे पनि मागबारे नगरपालिकाले चासो नदिएकामा स्थानीयवासी अरविन्द मण्डलले आक्रोश पोख्नुभयो । नगरपालिका कार्यालयमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै उनले भने, ‘आर्थिक पारदर्शिता नगरेसम्म आन्दोलन जारी रहन्छ ।’

भ्रष्टाचार बन्द गर्नुपर्ने, आर्थिक अनियमितताबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्नेलगायतका माग अघि सार्दै प्रदर्शनकारीले आन्दोलन थालेका हुन् । सङ्घर्ष समितिका प्रदीप यादवले भ्रष्टाचारको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, कोष तथा लेखा नियन्त्रण कार्यालय र नगरवासी सम्मिलित उच्चस्तरीय भ्रष्टाचार छानबिन समिति गठनको माग गरे ।

वडा कार्यालयलाई उपलब्ध गराइएको मोटरसाइकल खरीद प्रक्रिया र सोको बिल उपलब्ध गराउन तथा आर्थिक वर्ष २०७५/७६ मा सार्वजनिक गरिएको खर्च विवरणको विभिन्न शीर्षकको बिल, विवरण र कागजातको छायाँकपी उपलब्ध गराउनुपर्ने माग राखी आन्दोलन जारी छ ।

सङ्घर्ष समितिले नगरपालिकामा प्रयोग भइरहेको डिजिटल हाजिरी ठीक रहेको प्रमाणित गर्ने आधारको लिखित प्रष्टीकरण उपलब्ध गराउनुपर्ने माग गरेको छ । नगरपालिकाको कर्मचारी र पदाधिकारी समयमा उपस्थित नहुनुका कारण प्रष्ट्याउनसमेत उनीहरूले माग गरेका छन् ।

आन्दोलनरत युवाले डाक्नेश्वरी नगरपालिका–५ स्थित नमूना माविको भवन निर्माणमा छुट्याइएको १ करोड ४८ लाख रकमबाट टायबिम मात्र खडा गरिएको, पर्खाल नै निर्माण नगरी नगरपालिका परिसरमा पर्खाल निर्माणको नाममा पाँच लाख खर्च गरिएको आरोप लगाए ।

नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ३ वडाध्यक्षमा राजपा विजयी छ । नगरपालिका प्रमुख शिवनारायण साहले समस्या समाधानका लागि युवासँग वार्ताको पहल भइरहेको बताए । समस्याको निकासका लागि जनप्रतिनिधिले पहल नगरेको भन्दै आन्दोलनकारी युवाको आक्रोश बढ्दै गएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ४ : १२ बजे

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार

आज २०८१ साल असोज ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार